Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कुनामा मौन बसेको मन्त्रालयले अब आवाज बुलन्द गर्छ : मन्त्री श्रेष्ठ 


२४, फागुन २०८०
  • 133
    SHARES
  • कुनामा मौन बसेको मन्त्रालयले अब आवाज बुलन्द गर्छ : मन्त्री श्रेष्ठ 

    काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले ओझेलमा बसेको मन्त्रालयले अब देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी कार्य गर्ने बताउनुभएको छ ।

    बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको विस्तारित मन्त्रीमण्डलमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बन्नुभएका श्रेष्ठले पदभार ग्रहण गर्दै युवा वर्गका समस्यालाई प्राथमिकतामा राखेर खेलकुद मन्त्रालयलाई अगाडि बढाउने बताउनुभयो।

    मन्त्री श्रेष्ठले मन्त्रालयले सबैले थाहा पाउने गरी काम गर्ने उल्लेख गर्नुभयो । ‘यो मन्त्रालय कुनामा मौन बसेको मन्त्रालय हो । अब यो मन्त्रालयले आवाज बुलन्द गर्छ । देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउँछ,’ मन्त्री श्रेष्ठले भनुभयो ।

    उहाँले युवा वर्गमा देखिएको चरम निराशालाई चिरेर युवाको मानसिक स्वास्थ्यसँग जोडिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिन सबैसँग मिलेर सहकार्य गर्ने बताउनुभयो । 

    रास्वपाको संसदीय दलका उपनेता समेत रहेका श्रेष्ठले पहिलो पटक संघीय मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ ।काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित हुनुभएका ४२ वर्षीय श्रेष्ठ यसअघि बागमती प्रदेशको प्रदेश सांसदको भूमिकामा हुनुहुन्थ्यो ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend