Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रचण्डले कांग्रेससँग गठबन्धन तोड्नुको कारण के ? 


२४, फागुन २०८०
  • 191
    SHARES
  • प्रचण्डले कांग्रेससँग गठबन्धन तोड्नुको कारण के ? 

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (माओवादी केन्द्र) ले कांग्रेसलाई सघाए जसरी आफूले सहयोग नपाएको बताउनुभएको हो । बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले त्यसले आपसी विश्वास कमजोर बनाएको बताउनुभयो ।

    साथै, निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि कांग्रेसको नेतृत्व पछि हटेको उहाँले बताउनुभयो  । एउटा परिस्थतिमा गठबन्धन जोडिएपछि कोशी प्रदेशमा कांग्रेसको एउटा समूहले माओवादीका विरुद्ध विद्रोह नै गरेको उहाँको भनाइ छ ।

    गठबन्धनको नैतिकताको कसीमा त्यो “विद्रोह” दण्डित हुनुपर्नेमा पुरस्कृत भएको प्रधानमन्त्री दाहालले बताउनुभयो । राष्ट्रिय सभा निर्वाचनमा त्यो समूहले माओवादी उम्मेदवारलाई अन्तरघातबाट पराजित गराएको उहाँको निश्कर्ष छ ।

    साथै, कांग्रेस महासमिति बैठकमा विना सन्दर्भ गठबन्धनको निन्दा भएको उहाँको भनाई छ । माओवादीसँगको गठबन्धनले नै कांग्रेसलाई पहिलो पार्टी बनाएपनि निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक नभएको प्रचण्डको ठहर छ ।

    साथै, कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर धर्मका नाममा हस्ताक्षर अभियान चलाइएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । उक्त कार्यले कांग्रेसको संविधानप्रतिको प्रतिवद्धतामै आशंका जनाउन सक्ने जमिन तयार गरेको प्रचण्डले बताउनुभयो ।

    महासमितिमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र नभएर दानवीकरण नै गरेको उनको निश्कर्ष छ । कांग्रेसले ०४७ सालकै संविधान ठीक भएको आशयको प्रतिवेदन वितरण गरेको उहाँको भनाई छ ।

    यसरी हिजो मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शंका र अविश्वासको वातावरण बनेको उहाँले उल्लेख गर्नुभयो ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend