Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विपत्तिमा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्ने कानुन निर्माण गरिनुपर्छ : सभापति राई


२४, फागुन २०८०
  • 136
    SHARES
  • विपत्तिमा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्ने कानुन निर्माण गरिनुपर्छ : सभापति राई

    काठमाडौँ । राष्ट्रियसभा,विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले विपद्मा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न कानुन बनाउनुपर्नेमा जोड दिनुभएको छ ।  

    राजधानीमा आज आयोजित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मबाट महिलावादअन्तर्गत विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी सचेतना कार्यक्रममा उहाँले विपद्मा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्ने गरी कानुनी व्यवस्था गरी त्यसको कार्यान्वयनका लागि आवश्यक संरचना बनाइनुपर्नेमा जोड दिनुभएको हो । 
     
    सेन्टर फर रिप्रोडक्टिभ राइट (सीआरआर), केयर,  निड्स नेपाल, ह्युमनेटेरियन पार्टनसिप प्लेटफर्म (एचपीपी) र महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा प्रत्यक्ष चित्रकला प्रदर्शनी, नाटक, कविता, गीत सङ्गीत तथा अन्य प्रस्तुतीकरणबाट विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा सचेतना गराइएको थियो । 

    चित्रकार उमेशचन्द्र अधिकारीले विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारबारे कार्यक्रमस्थलमै चित्र बनाउनुभएको थियो । उहाँले अतिथिबाट थिम लिएर तीन वटा चित्र बनाउनुभएको थियो । उहाँको चित्रलाई दर्शकले टिप्पणी गरेका थिए ।  

    विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा नाट्यकर्मीले मार्मिक नाटक प्रस्तुत गरेका थिए । नाटक हेरेर दर्शक भावुक बनेका थिए । समाजिक परिवेशमा हसाउँदै उनीहरुले विषयवस्तु गहन ढङ्गले उठान गरेर बुझाउने प्रयास गरेका थिए । 

    कवितामार्फत मुनु अधिकारीले महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी वास्तविक पीडा अभिव्यक्त गर्नुभएको थियो ।कोपी र्‍यापरले प्रस्तुत गरेको र्‍यापमा दर्शकले आनन्द लिएका थिए । उहाँको र्‍यापमा महिलालाई सचेत गराइएको थियो ।

    ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ लाई ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको मूल नारा बनाइएको उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले गर्नुभएको थियो ।   

    महिला, कानुन र विकास मञ्चका अध्यक्ष गीता अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद, अधिकारकर्मी, विभिन्न कलेजका कानुन अध्ययन गरिरहेका विद्यार्थीको उपस्थिति थियो ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend