Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संक्रमणकालीन न्याय छिटो टुङ्ग्याउन सरकारलाई सर्वोच्चको ताकेता


१, चैत २०८०
  • 117
    SHARES
  • संक्रमणकालीन न्याय छिटो टुङ्ग्याउन सरकारलाई सर्वोच्चको ताकेता

    काठमाडौं । सर्वोच्च अदालतले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोगका पदाधिकारीहरुको नियुक्तिका लागि सिफारिस समिति गठन कार्य एक महिनाभित्र सम्पन्न गरी नियुक्ति प्रक्रिया प्रारम्भ गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । 

    जनआन्दोलनका घाइते एवं पीडित ज्ञानेन्द्रराज आरणसहितले सरकारका विरुद्धमा दायर गरेको मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले एक महिनाभित्र सशस्त्र द्वन्द्वबाट पीडित भएका व्यक्तिहरुको संस्थाका पदाधिकारी नियुक्तिको प्रक्रिया थाल्न भनेको हो ।

    प्रस्तुत आदेश प्राप्त गरेका एक महिनाभित्र सत्य निरुपण तथा मेलमिलाप आयोग र् बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरुको नियुक्तिका सिफारिस लागि समिति गठन कार्य सम्पन्न गरी नियुक्ति प्रकृया प्रारम्भ गर्नु भनी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाउँमा परमादेश जारी हुने,’–फैसलामा भनिएको छ ।

    त्यस्तै, आदेश प्राप्त गरेको १५ दिनभित्र पीडितको शीघ्र सत्य तथ्य जान्न पाउने र न्यायको हकको सुनिश्चित र संरक्षित गर्नका लागि सशस्त्र द्वन्दबाट पीडित भएका व्यक्तिहरुको संस्थाका प्रतिनिधिहरु र दुवै आयोगका सचिवहरुसँग परामर्श गरी पदाधिकारीहरु नभएको अवस्थामा आयोगका सचिवले कार्यटोली गठन गरी पीडित मैत्री वातावरण सृजना गरी प्रारम्भिक छानबिनको कार्य प्रारम्भ गर्न गराउन सक्ने गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न गराउन सरकारको नाममा आदेश जारी भएको छ ।

    द्वन्द्वबाट पीडित भएका ब्यक्तिहरुलाई न्याय दिनका लागि गठित दुवै आयोग २०७९ साउन १ गतेदेखि पदाधिकारीबिहीन छन् । त्यस्तै, सर्वोच्चको उक्त आदेश सरकारले बुधबार बुझेको छ । सरकारले अबको २९ दिनभित्र दुवै आयोगको पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गर्नुपर्ने छ ।

    नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री अमनलाल मोदीले सरकारले बुधबार सर्वोच्चको आदेश बुझेको बताए । बिहीबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले भने, ‘हामी शान्ति प्रक्रियाका कामहरुलाई महत्वका साथमा, अब दिन गन्ती २९ दिन बाँकी छ । सरकारमा पनि र संसद्मा रहेका सबै राजनीतिक दलहरुले पनि शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन ध्यान दिनुपर्छ ।’

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend