Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुन तस्करी प्रकरण : कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिश


२, चैत २०८०
  • 166
    SHARES
  • सुन तस्करी प्रकरण : कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिश

    काठमाडौं । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । 

    महरा पूर्वसभामुख पनि हुन् । डिल्लीराज आचार्य संयोजक रहेको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

    यसबारेमा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि जानकारी गराईसकेका छन् ।प्रधानमन्त्री दाहालले यो प्रकरणमा दोषी देखिएका कसैलाई पनि नछोड्न भन्दै गो–अ–हेड भनेका छन् । 

    प्रधानमन्त्री दाहाललाई बिहान जाँचबुझ आयोगको प्रतिवेदन बुझाउने बेलामा गृहमन्त्री लामिछानेले प्रतिवेदनबारे छोटोमा ब्रिफ गरेका थिए ।

    सुन तस्करी प्रकरणमा सिआईबीले पनि अनुसन्धानको क्रममा गम्भीर त्रुटि गरेको मन्त्री लामिछानेले बताइसकेका छन् । यसरी त्रुटि गर्ने सम्वद्ध अधिकारीहरुलाई पनि कारबाही गरिने गृह मन्त्रालयको तयारी छ । 

    सुन तस्करी प्रकरणमा यसअघि नै आयोगले महरासँग बयान लिइसकेको छ । भेपमा सुन तस्करी गरेको प्रकरणमा महराका छोरा राहुल भने पूर्पक्षका लागि थुनामा छन् ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend