Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै


७, चैत २०८०
  • 100
    SHARES
  • गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

    काठमाडौं - नेपालमा नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको अन्त्यका महत्वपूर्ण भूमिका निर्वाह गरी २०६२/६३ को आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

    विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफू अनुकुलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो। यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरे।

    विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृतवमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए।

    कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्र अनुरुप विघटित प्रतिनिधिसभा पुनस्र्थापना गर्न सहमत भएका थिए। जसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ।

    आन्दोलन सफल भएपछि उनी चौँथोपटक प्रधानमन्त्री बने। पुनस्र्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रुपमा सीमित गरेको थियो।

    कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो। उनकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक एवं उनका दाजु बिपी कोइरालाको सपना २०६४ चैत २८ गते पूरा भएको थियो।

    पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि नेपालको इतिहासमा यो ऐतिहासिक घटना बनेको छ। पहिलो संविधानसभा निर्वाचनसँगै सशस्त्र द्वन्द्वरत माओवादी संसदीय बहुदलीय राजनीतिक प्रतिष्पर्धामा सहभागी भएको थियो।

    चारपटक प्रधानन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए। राजा ज्ञानेन्द्र निलम्बनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका निर्बाह गरे। 

    उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षका इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो। कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो।

    नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी उनको स्मृति दिवस मनाउँदै छन्।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend