Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ गुल्मीको नेतृत्व चयन सर्वसम्मत


७, चैत २०८०
  • 218
    SHARES
  • लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ गुल्मीको नेतृत्व चयन सर्वसम्मत

    गुल्मी । गुल्मीमा नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको बिक्रम गुरुङको नेतृत्व सर्वसम्मत जिल्ला कार्यसमिति चयन गरिएको छ ।

    नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको तम्घासमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

    प्रथम जिल्ला अधिवेशनबाट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ गुल्मीको अध्यक्षमा विक्रम सिंह गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

    जसको उपाध्यक्षमा बुद्दी बहादुर बलाल र रेनुका सारु मगर,सचिवमा आशिष् गुरुङ र कृष्ण बहादुर दर्लामी, कोषाध्यक्षमा सावित्री श्रेष्ठ, सहसचिवमा इन्द्रबहादुर डम्मरपाल र रुद्रबहादुर पुन मगर निर्वाचित हुनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा पदम घर्ती मगर,ओमबहादुर ढेंगा, दुर्गा भण्डारी मगर,अमरबहादुर थापा ‘कृष्ण’,पार्वती सनारी बलाल, कर्णबहादुर सिंजाली, पुरनकुमार गुरुङ, राजु बलाल, हिमबहादुर सिंजाली मगर,हिमकला घर्ती, माया गुरुङ, हुमकला सारु र सपना पचभैया सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

    ‘राष्ट्रियता,समावेशी लोकतन्त्र, समाजवाद र आदिवासी जनजाति एकता’ भन्ने मुख्य नारासहित सदरमुकाम तम्घासमा भएको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले पार्टी सङ्गठनलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । 

    उहाँले पार्टीका भातृ एवम् शुभेच्छुक सङ्गठनहरू बलियो र क्रियाशील हुन जरुरी रहेको बताउनुभयो । नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले पार्टीका नेता कार्यकर्ता सबैले पार्टी सङ्गठनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

    उहाँले पार्टीलाई बलियो बनाउन सबै तहका भातृ एवम् शुभेच्छुक सङ्गठनलाई चुस्त दुरुस्त राख्न सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो ।
                                                                                  

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend