Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मधेस प्रदेशमा मन्त्रिपरिषद विस्तार, एमालेका तीन मन्त्रीद्वारा शपथ


१०, चैत २०८०
  • 129
    SHARES
  • मधेस प्रदेशमा मन्त्रिपरिषद विस्तार, एमालेका तीन मन्त्रीद्वारा शपथ

    धनुषा - मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एमालेबाट ३ जना मन्त्रीलाई समेटेर पुनः मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।

    पुनर्गठन गरिएको मन्त्रीपरिषद्मा मुख्यमन्त्री यादवले गृह, सञ्चार तथा कानूनमन्त्रीको जिम्मेवारी राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको जिम्मेवारी शत्रुधन सिंह कोइरी, शिक्षा तथा संस्कृति मन्त्रीको जिम्मेवारी स्वतन्त्र निर्वाचित भएर एमालेमा प्रवेश गर्नुभएका सांसद प्रमोद जयसवाल र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी केशव रायलाई दिनुभएको छ ।

    नवनियुक्त मन्त्रीहरुलाई आज नै प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथ ग्रहण गराउनुभएको छ । मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलको उपस्थितिमा मधेस प्रदेशका प्रदेश प्रमुख भण्डारीले तीनैजना नवनियुक्त मन्त्री र एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो ।

    मुख्यमन्त्री यादवले श्रम तथा यातायात मन्त्रालय आफैसँगै राख्नुभएको छ । मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा यसअघि चैत ५ गते नेकपा एमालेका सरोजकुमार यादव नियुक्त हुनुभएको थियो । 

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend