Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

समय लाग्ला तर जीबी राईलाई समाएर ल्याउँछौं : रवि लामिछाने


१०, चैत २०८०
  • 136
    SHARES
  • समय लाग्ला तर जीबी राईलाई समाएर ल्याउँछौं : रवि लामिछाने

    काठमाडौं - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई पक्राउ गरेरै छाड्ने बताएका छन् ।

    शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा उनले जीबी राई दोषी हो भने कारबाही भोग्नैपर्ने बताए ।

    ‘आकाशमा होस्, पातलमा होस् समाएर ल्याउछौं, समय लाग्ला कसले भगायो त्यो पनि खोज्छौं’, उनले भने ।

    लामिछानेले आफ्नो जीबी राईसँग कुनै सम्बन्ध नरहेको बताए । ग्यालेक्सी टेलिभिजनमा जीबी राईसँग काम गरेको र टेलिभिजन छाडेपछि उनीसँगको नाता सकिएको उनले बताए । उनले आफूलाई अनावश्यक रुपमा जीबी राईसँग जोडिएको पनि गुनासो गरे ।

    ‘जीबी राई जीबी राई म रवि लामिछाने हो, जीबी राई जोडिएको हरेक ठाउँमा रवि लामिछाने हुँदैन । ऊसँग टेभिजिनमा काम गरेको हुँ, टेभिजिनमै मेरो नाता सकिएको हो, त्योभन्दा बाहेक कहिँ कतै पनि छैन, ऊ दोषी रहेछ भने उसले सबक सिक्नुपर्छ, कारबाही हुनुपर्छ’, उनले भने ।

    उनले सहकारीमा कसैले अवैध पैसा राखेको छ भने त्यसको खोजी गर्ने बताएका । छन् । त्यस्तै सहकारीका वचतकर्ताको रकम ब्याजसहित रकम फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम नलिने उनले बताए ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend