Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इलाम - २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय


११, चैत २०८०
  • 161
    SHARES
  • इलाम - २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

    काठमाण्डौ – इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा हुने उपचुनावमा नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    आज बसेको सचिवालय बैठकले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सुहाङ दिवङ्गत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुनुहुन्छ ।

    एमालेका तत्कालीन उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते निधन भएपछि इलाम–२ को सांसद पद रिक्त थियो । एमालेले उम्मेदवार बनाएका सुहाङ पेशाले अधिवक्ता हुनुहुन्छ ।

    यस्तै, एमालेले बझाङ–१ को प्रदेशसभा (क) मा हुने उपचुनावमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।

    आज बसेको पार्टी सचिवालय बैठकले बझाङ–१ को प्रदेशसभा (क) बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस क्षेत्रमा विजयी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गएको वर्ष गाडी दुर्घटनामा परेर निधन भएको हो ।

    आउँदो वैशाख १५ गते इलाम प्रतिनिधि सभा क्षेत्र नंबर २ र बझाङ–१ को प्रदेशसभा (क) मा हुने उपचुनावको लागि यही चैत २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

    उम्मेदवारको विरोधमा चैत २५ गते उजुरी दिन सकिने छ । २५ गते नै दिउँसो ३ बजेदेखि चैत २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय हुने आयोगले जनाएको छ ।

    चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने कार्यक्रम छ । वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान केन्द्रमा मतदान हुनेछ । 

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend