Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उपनिर्वाचन : इलाम–२ का लागि माओवादीबाट चारजनाको नाम सिफारिस


१३, चैत २०८०
  • 169
    SHARES
  • उपनिर्वाचन : इलाम–२ का लागि माओवादीबाट चारजनाको नाम सिफारिस

    काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उमेदवारको नाम सिफारिस गरेको छ । माओवादी कोसी प्रदेश कमिटीले चारजनाको नाम केन्द्रमा सिफारिस गरेको हो । 

    प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरिएको जानकारी दिए । इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । त्यसका लागि यही चैत २४ गते उमेदवारी दर्ताको कार्यतालिका छ । 

    केन्द्रमा माओवादीले एमालेका उमेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने चर्चा पनि छ । तर, प्रदेशका कार्यकर्ताको चाहनाअनुसार पार्टीको छुट्टै उमेदवार उठाउनु पर्ने विषय केन्द्रमा जानकारी गरिएको अध्यक्ष नेम्वाङले बताए । 

    “पार्टीको तर्फबाट छुट्टै उमेदवार बनाउनुपर्छ भन्ने हामीलाई कार्यकर्ताहरूको दबाब पनि छ । कार्यकर्ताको माग र चाहनाअनुसार हामीले उमेदवार सिफारिस गरेका छौँ,” उनले भने, “छुट्टै उमेदवार बनाउनुपर्छ भन्ने कुरा पार्टी अध्यक्षज्यूलाई जानकारी पनि गराएका छौँ ।”

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend