Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गृहमन्त्री लामिछानेसँग भारतीय र दक्षिण कोरियाका राजदूतको भेटवार्ता


१३, चैत २०८०
  • 181
    SHARES
  • गृहमन्त्री लामिछानेसँग भारतीय र दक्षिण कोरियाका राजदूतको भेटवार्ता

    काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग भारत र दक्षिण कोरियाका राजदूतले भेटवार्ता गरेका छन् । सिंहदबारस्थित गृह मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले भेटवार्ता गरेका हुन् । 

    भारतीय राजदूत श्रीवास्तवले सिमानामा हुने अपराध नियन्त्रण र मानव ओसार पसार समन्वयका लागी थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिएका छन् ।

    भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पुनर्निमाणका लागि अनुदान र सहायता प्रदान गर्न तथा प्रहरीको एकेडेमीको निर्माणकार्य समयमै पुरा पर्न भारत तयार रहेको राजदूत श्रीवस्तावतले बताएका छन् । 

    उपप्रधान एवं गृहमन्त्री लामिछानेले जाजरकोट र रुकुम पश्चिमको पुनर्निमाणमा अनुदान उपयोग गर्न प्रक्रियागत सहजीकरण गरिने बताए । भेटमा मन्त्री लामिछानेले भने,‘तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने संयन्त्र सीमावर्ती क्षेत्रमा बढाउनुपर्छ र भएकालाई स्तरोन्नतीसहित नियमित बनाउनु जरुरी छ ।’

    नेपाल र दक्षिण कोरियाको दौत्य सम्बन्धको ५० औँ वर्ष भएको अवसरमा दक्षिण कोरियाका राजदूत पार्क ताइयोङ र गृहमन्त्रीको बिचमा शुभकामना आदान प्रदान भएको छ ।

    ईपिएस मार्फत दक्षिण कोरियामा कामदारको सङ्ख्या बढाउँदै लैजाने कोरियाको योजना रहेको राजदूतले बताएका छन् । मन्त्री लामिछानेले सीप विकास र  प्रविधि हस्तान्तरणमा कोरियाले नेपाललाई ठुलो सहयोग गरेका बताएका छन् । भेटमा उनले भने,‘दक्षिण कोरियाले जस्तै भ्रष्टाचारमा शून्य सहनशीलता म र हाम्रो पार्टीका रहेको छ ।’

     

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend