Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुन्दरमणि दीक्षितको आरोप, ‘प्रचण्डलाई विश्वास गर्न सकिँदैन, महरा छुटाउन उनकै हात छ’ (भिडिओसहित)


१४, चैत २०८०
  • 134
    SHARES
  • सुन्दरमणि दीक्षितको आरोप, ‘प्रचण्डलाई विश्वास गर्न सकिँदैन, महरा छुटाउन उनकै हात छ’ (भिडिओसहित)

    काठमाडौं । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा छुट्नुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हात रहेको दाबी गरेका छन् । 

    बुधबार समसामयिक विषयमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डलाई विश्वास गर्न नसकिने बताए । साथै, उक्त प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अडान लिन नसकेको उनले बताए ।

    उनले भने,‘आज रविलाई कुनै पनि डर थिएन प्रचण्डसँग । आज रविको पार्टी प्रचण्डलाई चाहिएको छ, यो सरकार टिकाउनका लागि । आज रविले होईन यो म मान्दिनँ, महरालाई म छोड्दिनँ भन्न सक्नुपथ्र्यो । त्यो भएन ।’ 

    साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जानु नै गलत भएको उनको टिप्पणी छ । जनताले रवि लामिछानेसँग धेरै अपेक्षा गरेपनि त्यो पुरा नहुने निश्चित भएको उनको भनाइ छ । रास्वपाले प्रतिपक्षमा बसेर सरकारका गलत कामको प्रतिवाद गरोस् भन्ने जनताको चाहना पुरा नभएको उनले बताए । 

    ‘रवि लामिछानेको विषयमा कस्तो पर्यो भनेदेखि म अलिकति दुःखी छु । हामीले त्यो पार्टी र व्यक्तिबाट धेरै–धेरै आशा गर्यौं ।’ उनले भने, ‘जब उहाँ निर्वाचित भएर आउनुभयो, हाम्रो कुरा के थियो भने– तपाईँ सरकारमा नगइदिनुस् । प्रतिपक्षमा बसेर सरकारले गरेको नचाहिँदा काममा प्रश्न उठाउनुस् । २१ सिट छ, तपाईँ सक्नुहुन्छ भन्यौं पनि । तर, सरकारमा जानुभयो । सरकारमा नगई कसरी काम गर्ने भन्नुभयो ?’ 

    साथै, गृहमन्त्री लामिछानेले आफू प्रतिपक्षमा बस्दा उठाएका कुराको विरुद्धमा काम भइरहेको बताए । लामिछानेले प्रतिपक्षमा रहँदा सहकारी ठगी गरी फरार रहेका जिबी राईलाई ७ दिनभित्र पक्रिएर कानुनी कारबाहीको दायरामा ल्याउँछु भने पनि उनी सरकारमा गएपछि काम नगरेको दिक्षितको भनाइ छ ।

    साथै, सहकारी ठगी काण्डमा लामिछानेले आफ्नोबारे प्रष्ट पार्न आवश्यक रहेको उनले बताए । जनताले लामिछानेमाथि शंका गर्न थालिसकेको उनको भनाइ छ । ‘सहकारीमा यसरी रवि लामिछाने मुछिए, उनले भन्छन् होईन, पीडित भन्छन्  हो । आम नागरिकले शंका गरिसके । छिनोफानो त गर्नुपर्यो नि,’– उनले भने । 

    कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दा लामिछानेले धन्यवाद दिनुपर्नेमा उल्टै प्रतिवादमा उत्रिएको भन्दै आपत्ति जनाए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण लामिछानेले केही गर्न नसक्ने उनको भनाइ छ ।

    यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रचण्ड हाबी भएको कारण केही गर्न नसकेको उनको दाबी छ । संसदीय व्यवस्था असफल भएको उनले बताए । अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुको विकल्प नरहेको उनले बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अबलम्बन गर्दा पूर्वराजा ज्ञानेन्द्रसमेत सहभागी हुनसक्ने उनले बताए । 

    ‘यो संसदीय व्यवस्थाले चलेन । असल व्यक्तिले काम गर्न सक्थ्यो । राष्ट्रपति प्रणालीमै जाऊँ । त्यो प्रणालीमा गएको भए आज यो कलंक लाग्दैन थियो । त्यतिमात्रै होई राजा ज्ञानेन्द्रले लडेर पनि जित्न सक्छ,’– उनले भने । कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीमा धेरै राम्रा कुराहरु उठाएको भएपनि केही सुधार हुन नसकेको बताए ।

    यो देशमा अब युवाहरुलाई मौका दिनुको विकल्प नरहेको बताए । तर, युवाहरु निश्कलंक हुन आवश्यक रहेको बताए । उनले नैतिक बल सबैभन्दा महत्वपूर्ण रहेको बताए ।प्रचण्डले नेपाललाई स्वीजरल्याण्ड बनाउँछु भनेपनि त्यो तीन पटक प्रधानमन्त्री हुँदासमेत केही गर्न नसकेको उनको आरोप छ । प्रचण्डको विश्वास गर्न नसकिने उनले बताए ।

     

     

     

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend