काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन लागिरहने बताउनुभएको छ ।
उहाँले उक्त हत्या प्रकरणबारेमा मिहिन ढङ्गले अध्ययन गरिरहेको पनि विश्वास दिलाउनुभएको छ । बुधबार राज्यव्यवस्था समितिको बैठकमा सांसदहरुले सोधेको प्रश्नमा जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘मेरो पहिलो कार्यकालको निर्णय हो । निर्मला पन्तलाई न्याय दिनुपर्ने छ । त्यसमा लागिरहने छु ।’
यसअघि गृहमन्त्री बन्दा लामिछानेले निर्मला पन्तको हत्यारालाई कारबाही गरेरै छाड्ने उद्घोष गर्नुभएको थियो । तर, उहाँ त्यतिवेला नागरिकता विवादको कारण ३२ दिनमै सरकारबाट बाहिरिनुभएको थियो ।