Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी


१४, चैत २०८०
  • 137
    SHARES
  • एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी

    पोखरा । कास्की एमालेको अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी भएका छन् । उनी निवर्तमान सचिवसमेत हुन् । क्षेत्री ५५१ मत ल्याएर विजयी भए । क्षेत्री एमाले नेता खगराज अधिकारी समूहका उमेदवार हुन् ।

    अर्का नेता तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उमेदवार माधव बास्तोलाले ३४७ मत ल्याए । क्षेत्री २०४ मतको फराकिलो अन्तरका साथ विजयी भएका हुन् । अध्यक्षका अर्का  प्रतिस्पर्धी विवेक त्रिपाठीले १७ मत ल्याए । 

    पदाधिकारीमा खगराज समूहले 'क्लिन स्विप' नै गरेको छ । उपाध्यक्षमा भेषराज बराल ५२७ मत, सचिवमा दर्शन लामा ५९५ मत, उपसचिवमा लालबहादुर परियार ५८१ मत र सन्तु सुवेदी ५१० मत ल्याएर विजयी भएका छन् । यी सबै अधिकारी समूहका उमेदवार हुन् ।

    पृथ्वीसुब्बा समूहबाट उपाध्यक्षका उमेदवार शिव आचार्यले ३८८ मत, सचिव सुरेन्द्र गुरुङले ३२० मत, उपसचिवद्वय राधिका शाही योगी ३४४ र गीता विश्वकर्माले ३३४ मत प्राप्त गरे ।

    सदस्यमा पनि अधिकांश खगराज समूहकै बढी निर्वाचित भएको निर्वाचन कमिटी संयोजक भगवती पहारीले जानकारी दिइन् ।विद्युतीय मतदान भने पनी ९३५ मतदातामध्ये सहभागी ९१४ मतदातालाई मतदान गर्न २० घण्टा लागेको थियो ।

    एमाले कास्कीको ११औँ अधिवेशनमा गत शनिबारदेखि सुरु भएको थियो । 

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend