Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रमेश खरेलले औपचारिक रुपमा छाडे रास्वपा


१४, चैत २०८०
  • 151
    SHARES
  • रमेश खरेलले औपचारिक रुपमा छाडे रास्वपा

    काठमाडौँ । पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् ।

    पार्टी सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले लिखित जवाफ मागेपछि खरेलले जवाफको सट्टा राजीनामा पठाएका हुन् । 

    एक टेलिभिजनमा ‘जनता जनार्दन’ नामक कार्यक्रममा खरेलले सहकारी ठगीमा मुछिएका लामिछाने गृहमन्त्री बनेको भन्दै कडा आलोचना गरेका थिए । 

    खरेल रास्वपाको कुनै जिम्मेवारी पदमा नभए पनि बारामा गत वर्ष भएको उपनिर्वाचनमा पराजित भएपछि निष्क्रिय भएका थिए । केन्द्रीय सदस्य प्रस्ताव अस्वीकार गरे उनी पछिल्लो समय रास्वपाको सम्पर्कमा थिएनन् । 

    रास्वपा सरकारमा सहभागी भएको, लामिछाने गृहमन्त्री बनेको र पार्टीमा आन्तरिक लोकतन्त्र नदिएको विषयमा खरेलको विमति थियो । पार्टीले प्रस्टीकरण सोधेपछि आफूले राजीनामा दिएको उनले बताए ।

    गत वर्ष वैशाख १० मा भएको बारा— २ को उपनिर्वाचनमा खरेल रास्वपाबाट उम्मेदवार बनेका थिए । उनी उपनिर्वाचनमा जसपाका उपेन्द्र यादवसँग पराजित भए ।

    उपनिर्वाचनपछि खरेल नेतृत्वको नेपाली सुशासन पार्टीलाई रास्वपामा मर्ज गर्ने सहमति भएको थियो । रास्वपा उक्त सहमतिमा इमान्दार नदेखिएको भन्दै खरेल रुष्ट थिए ।

    सभापति लामिछानेबाट प्रश्न उठाउँदा प्रस्टीकरण सोधेपछि रास्वपाबाट बाहिरिन खरेललाई बाटो खुलेको हो ।

    ramesh

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend