Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

माघ २२ देखि रोकिएको कांग्रेसको संवाद यात्रा आजदेखि सुरु


१५, चैत २०८०
  • 125
    SHARES
  • माघ २२ देखि रोकिएको कांग्रेसको संवाद यात्रा आजदेखि सुरु

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आजदेखि संवाद यात्रा पुनः शुरु गर्ने भएका छन् । 

    यसअघि माघ १३ गते मेची पुलबाट शुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको थियो । महामन्त्री थापाले संवाद यात्राको शृङ्खला नवलपरासीको गोपीगञ्जबाट नै शुरु गर्ने जानकारी दिएका छन्। 

    उनी चैत्र १५ ,१६ र १७ गते नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा पुग्ने भएका छन्।

    महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरुका समस्याहरु सुन्ने गरेका छन् । उनले आफूले बोल्ने भन्दा पनि सुन्ने र ती समस्यालाई सम्बोधन गर्न पहल गर्ने बताउँदै आएका छन्।

    कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महामन्त्री थापाले पाँच जिल्लाको मार्गमा जोडिएका वडाहरुको वस्तुस्थिति र बाटोको अवस्था बुझेर आउने भनेर गएको बताएका छन्।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend