Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संवैधानिक निकायका रिक्त पदमा आवेदन खोल्ने संवैधानिक परिषद्को निर्णय


१८, चैत २०८०
  • 113
    SHARES
  • संवैधानिक निकायका रिक्त पदमा आवेदन खोल्ने संवैधानिक परिषद्को निर्णय

    काठमाडौं । संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका निम्ति दरखास्त आह्वानको तयारी गरिएको छ ।

    आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकबाट महालेखापरीक्षकमा सचिव तोयम रायालाई सिफारिस गरिएको छ । बाँकी पदमा आवेदन खोल्ने निर्णय गरिएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् । महालेखापरीक्षक भने संवैधानिक बाध्यताका कारण आजै सिफारिस गरिएको उनले बताइन् ।

     

    निर्वाचन आयोग, महिला आयोग, मुस्लिम आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा एक÷एक सदस्य पद रिक्त छ । यी आयोगमा नियुक्ति सिफारिस सहमतिमा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । स्रोतका अनुसार, नेताहरूबीच भागन्डामा सहमति भएको छैन ।

    “अब बाँकी रहेका संवैधानिक पदमा नियुक्तिका लागि आवेदन माग्ने निर्णय भएको छ,” परिषद्का सदस्य समेत रहेकी उपसभामुख रानाले भनिन्, “बाँकी पद समावेशी प्रतिनिधित्व हुने गरी नियुक्ति गर्ने विषय पनि आएका छन् ।”

    संवैधानिक आयोगका पदाधिकारी रिक्त हुनुभन्दा एक महिनाअगावै सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । तर, महालेखापरीक्षक पद झन्डै एक वर्ष अर्थात् गएको जेठ ७ गतेदेखि रिक्त छ ।

    नेपालको संविधानको धारा २८४ (३) मा भनिएको छ, “संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै यस संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ ।”

    संवैधानिक परिषद्ले भने खाली भएको महिनौँसम्म नियुक्ति सिफारिस नगर्दा ती निकायमा पदाधिकारी रिक्त छन् ।

     

     

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend