Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसले इलाम-२ मा कसलाई दिन्छ टिकट ?


२१, चैत २०८०
  • 143
    SHARES
  • कांग्रेसले इलाम-२ मा कसलाई दिन्छ टिकट ?

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठकले इलाम निर्वाचन-२ मा वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने भएको हो ।

    कांग्रेस प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मंगलबार बसेको संसदीय बोर्डको बैठकमा प्रदेश कार्यसमितिले सिफारिस गरेका उम्मेदवारको नामावलीमाथि छलफल भएको छ । उनले भने, ‘उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्छ ।’

    इलाम-२ बाट निर्वाचित एमाले उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको गत भदौ २६ गते र सुदूरपश्चिम प्रदेश सभाका लागि बझाङ-१ (क)बाट निर्वाचित कांग्रेस नेता पृथ्वीबहादुर सिंहको गत असार २५ गते दुर्घटनामा निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन तय भएको हो ।

    आज दिउँसो २ बजेपछि बैठक फेरि बस्नेछ । कांग्रेस कोशी प्रदेश कार्यसमितिले नेताहरू भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्कासहित ६ जनाको नाम सिफारिस गरेको छ ।

    सभापति देउवाले इलाम जिल्ला सभापति खड्काको नाम उम्मेदवारका लागि प्रस्ताव गरेका छन् भने महामन्त्री गगन थापा र नेता डा. शेखर कोइराला पक्ष आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडानमा छ ।

    मंगलबारको बैठकमा सभापति देउवाले इलाम-२ को प्रतिनिधिसभा उपनिर्वाचनमा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउनुपर्ने धारणा राखे भने शेखर-गगन पक्षले अस्वीकार गरेको छ । उनीहरु इलाममा भेषराज आचार्य र बझाङमा जगत जोशी उम्मेदवार हुनुपर्ने अडानमा रहेका हुन् ।

    देउवा पक्षले ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा डम्बर खड्का जम्मा ११४ मतान्तरले मात्र एमालेका सुवासचन्द्र नेम्वाङसँग पराजित भएकाले यसपटक उनैलाई टिकट दिनुपर्ने धारणा राखेको थियो । तर शेखर-गगन पक्षले कांग्रेस कार्यकर्तामाझ खड्का भन्दा आचार्य बलियो रहेकाले उनले टिकट पाउनुपर्ने अडान राखेका थिए ।

    त्यस्तै देउवा पक्षले बझाङ प्रदेशसभा-१ बाट ४ मंसिरमा निर्वाचित पृथ्वी सिंह दुर्घटनामा परेर निधन भएकाले उनकै छोरा अभिषेकलाई टिकट दिनुपर्ने धारणा राखेका थिए ।

    शेखर-गगन पक्षले भने गत स्थानीय तहको निर्वाचनमा अभिषेक वडाध्यक्ष पदमा पनि तेस्रो स्थानको मत ल्याएकाले प्रदेशसभाको टिकट दिन नहुने अडान लिएका थिए । उनीहरुले सिंह भन्दा जगत जोशी बलियो उम्मेदवार रहेको बताएका बैठकमा सहभागी नेताको भनाई छ ।

    १५ वैशाखमा हुने उपनिर्वाचनका लागि एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार टुंगो लगाएर मत माग्न थाले पनि कांग्रेसले टुंगो लगाउन सकेको छैन ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend