लुम्बिनी । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशन आह्वान भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन चैत २२ गते बिहीवार दिनको ४ बजे बस्ने गरी आह्वान गरेका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बैठकमा विश्वासको मत लिने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।
केन्द्रमा नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री चौधरीले नेकपा (माओवादी केन्द्र)का मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहीवार बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् ।
