लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । त्यसका लागि प्रदेशसभाको चौथो अधिवेशन ४ बजे बस्ने गरी आह्वान भइसकेको छ ।
आजको बैठकमा प्रदेश प्रमुखबाट प्रदेश सभाको अधिवेशन आह्वान सम्बन्धी प्राप्त पत्र सभामुखले पढेर सुनाउने र मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने छन् ।
सो प्रस्तावमाथि छलफल भई छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने छन् । त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहको प्रदेशसभा सचिवालयले जनाएको छ ।