Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उपचुनावमा मुख्य दलहरुबाट उम्मेदवार टुंगो, भोलि उम्मेदवारी दर्ता


२३, चैत २०८०
  • 169
    SHARES
  • उपचुनावमा मुख्य दलहरुबाट उम्मेदवार टुंगो, भोलि उम्मेदवारी दर्ता

    काठमाण्डौ – प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभा अन्तर्गत बझाङ क्षेत्र नम्बर १ (क)  मा वैशाख १५ गते हुने उपचुनावको लागि मुख्य दलहरुले उम्मेदवारको टुंगो लगाएका छन् ।

    चुनावी कार्यतालिका अनुसार भोलि उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । मुख्य दलहरु उम्मेदवार टुंगो लगाएर प्रचार अभियानमा जुटिसकेका छन् । बझाङको प्रदेशसभामा भन्दा इलामको प्रतिनिधिसभाको उपचुनावमा धेरैको ध्यान केन्द्रित भएको छ ।

    इलाममा कांग्रेसबाट डम्बरबहादुर खड्का, एमालेबाट सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, एकीकृत समाजवादीबाट जीतबहादुर राई, राप्रपाबाट लक्ष्मी गुरुङ र पहिचान पक्षधरहरूका तर्फबाट डकेन्द्रसिंह थेगिमबीच प्रतिष्पर्धा हुने भएको छ ।

    यसैबीच निर्वाचन आयोगले उपचुनावका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । स्वीकृत मतदाता नामावलीअनुसार प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि एक लाख १५ हजार आठ सय ८९ र प्रदेशसभातर्फ बझाङ क्षेत्र नम्बर १ (क) मा ६१ हजार सात सय ४८ जना मतदाता कायम भएका छन् ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend