Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्राविधिक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल


२३, चैत २०८०
  • 160
    SHARES
  • प्राविधिक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल
    तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्राविधिक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।
    तनहुँको भिमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पसको आज आयोजित १६औँ वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले परम्परागत शिक्षाको ढाँचा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । 
     
    उहाँले भन्नुभयो, “परम्परागत रुपमा प्रदान गरिएको शिक्षाको ढाँचालाई परिवर्तन गरी प्राविधिक र व्यावसायिक नागरिक उत्पादन गर्ने शिक्षाको खाँचो छ ।
     
    त्यसतर्फ सरकारले नीति बनाउनुपर्छ ।” राष्ट्रपति पौडेलले जनज्योति क्याम्पसले भिमादको मात्रै नभई आसपासका छिमेकी जिल्लाका विद्यार्थीलाई समेत गुणस्तरीय शिक्षा प्रदान गरेकामा खुसी व्यक्त गर्नुभयो ।
     
    अस्थिर राजनीतिले देश विकासमा बाधा पुगेको बताउँदै राष्ट्रपति पौडेलले राजनीतिलाई स्थिर बनाएर देश विकासमा जुट्न दलहरुलाई आग्रह गर्नुभयो । राष्ट्रपति पौडेलले मुलुकको विकासका लागि सबै दलबीच सहमति र सहकार्य आवश्यक रहेको चर्चा गर्नुहुँदै भन्नुभयो, “मैले सबै दलहरुलाई भनेको छु, विकासका लागि एकजुट हुनुस्, अस्थिर राजनीतिले देश विकासमा बाधा पुग्यो ।”
     
    राष्ट्रपति पौडेलले वर्तमान संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मलाई यो देश र व्यवस्था बचाउने जिम्मा दिनुभएको छ, यो संविधान, देश र सङ्घीय लोकतान्त्रिक गणतन्त्र बचाउन म निष्ठापूर्वक लागिरहने तपाईहरुसँग कवुल गर्दछु ।”
     
    उहाँले तनहुँ जिल्लालाई विशिष्ट जिल्ला बनाउन आफूसँग दुईवटा दृष्टिकोण र कार्यक्रम रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई शिक्षण अस्पताल बनाउने र हरेक नेपालीलाई एकपटक नआई नहुने खालको भानु साहित्य उद्यान बनाउनुछ ।”
     
    राष्ट्रपति पौडेलले देश विकासको मेरुदण्डका रुपमा रहेको शिक्षा क्षेत्रमा पर्याप्त बजेट, भौतिक पूर्वाधार र प्रविधिको व्यवस्था, तालिमप्राप्त दक्ष शिक्षक र व्यवस्थापकीय सुव्यवस्थाको सुनिश्चितता गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले त्यसको लागि राष्ट्रिय दृष्टिकोण र स्पष्ट, पारदर्शी, वस्तुनिष्ठ समयानुकुल शिक्षा नीति जरुरी छ भन्नुभयो । 
     
    संविधानले प्रत्याभूत गरेअनुरुप सहज, सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चितता नै आजको आवश्यकता हो भन्दै उहाँले ज्ञान पुँजी सबैभन्दा ठूलो पुँजी हो जसले भौतिक विकास, संस्कार र सभ्यता निर्माणको जग बसाल्छ भन्नुभयो । 
     
    सामाजिक अगुवा एवं शिक्षानुरागीहरूको अथक प्रयासमा डेढ दशकअघि ग्रामीण क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले यस क्याम्पसको स्थापना हुनु खुशीको विषय भएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपतिले तनहुँ, स्याङ्जा, नवलपुर र पाल्पा जिल्लाबाटसमेत उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीको गन्तव्यको रुपमा यसको महिमा बढ्दै जानु स्वभाविक भएको धारणा व्यक्त गर्नुभयो । 
     
    राष्ट्रपति पौडेलले जिल्लाको विकास निर्माणका लागि आफूले निरन्तर खबरदारी गर्दै आएको बताउनुभयो । पौडेलले भन्नुभयो, “एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना, बुद्धसिंह मार्गलगायतमा राम्रो काम हुँदैछ । त्यसलाई समयमै सम्पन्न गराउनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छु ।”
     
    कार्यक्रममा प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले विकासका सवालमा राजनीति गर्न नहुने बताउँदै राजनीतिक दलबीच सहमति र सहकार्यको आवश्यकता औंल्याउनुभयो ।
     
    क्याम्पस सञ्चालक समितिका अध्यक्ष जितप्रकाश आलेले क्याम्पसले समयसापेक्ष शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । क्याम्पस प्रमुख केशवराज काफ्लेका अनुसार क्याम्पसमा तीन सय विद्यार्थी अध्ययनरत छन् । यहाँ भिमादका अलवा आसपासका पालिका र जिल्लाबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गर्दछन् । विद्यालय भवन रु एक करोड १८ लाख लागतमा निर्माण गरिएको हो  ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend