काठमाडौँ । नेपाल दलित मुक्तिमोर्चा आइसीटी फोरमको दोस्रो पूर्ण बैठक नेपाल दलित मुक्तिमोर्चा आइसिटी नेपालका केन्द्रीय समितिका अध्यक्ष मानसिंह विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको छ ।
नेपाल दलित मुक्तिमोर्चा नेपालका केन्द्रीय समितिका केन्द्रीय अध्यक्ष दलजित श्रीपालीको प्रमुख आतिथ्यतामा बसेको बैठकले नेपाली जनताको मुक्तिको लागि जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन लगायत तमाम परिवर्तनको आन्दोलनमा बलिदान दिनुहुने महान शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बन्दी, बेपत्ताहरुप्रति उच्च सम्मानसहित घाईते अपाङ्गहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना गरेको थियो ।
साथै नेपाल दलित मुक्तिमोर्चा नेपाल केन्द्रीय समितिको पूर्ण बैठक २०८० साल असोज १४ गते सम्पन्न बैठकले लिएका निर्णयहरु कतिपय प्रदेशमा कार्यन्वयन भएको यसलाई अझै प्रभावकारी ढंगबाट अगाडि बढाउने प्रतिवद्धतासाथ प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले परिचयात्मक, रिपोटिङ गरिएको थियो ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय समिति सदस्य, नेपाल दलित मुक्तिमोर्चा केन्द्रीय समितिका अध्यक्ष दलजित श्रीपाली, आइसिटी फोरमका संयोजक एवं प्रधामन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य, नेपाल दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय समितिका महासचिव शंकर दुलाल, आई सिटी फोरम नेपाल केन्द्रीय सदस्य एवं नेपाल दलित मुक्तिमोर्चा आसीटी फोरम नेपालका इन्चार्ज दलबहादुर विश्वकर्मा लगायतले प्रशिक्षण मन्तव्य तथा प्रशिण गर्नुभएको थियो । प्रशिक्षणको क्रममा निकै सूचना प्रविधिलाई प्रयोग गरी आम जनतामा माओवादीको पक्षमा जनमत सृजना गर्नुपर्ने बताउनुभयो ।
बैठकले केन्द्रीय समिति गठन समिति निर्माण गर्दा १ संयोजक, १ सचिव सहित प्रत्येक प्रदेशबाट १/१ जना र विशेष क्षेत्रबाट ३ जना गरी हाललाई बढीमा १५ जनाको निर्माण गर्ने । प्रदेश समिति निर्र्माण गर्दा १ जना संयोजक, सचिवसहित प्रत्येक जिल्लाबाट १/१ जनाको निर्माण गर्ने विशेष क्षेत्रबाट ३ , जिल्ला समन्वय समिति संयोजक र सचिव प्रत्येक पालिका १/१ जना र विशेष क्षेत्रबाट ३ जना गरी निर्माण गर्ने । पालिका समिति संयोजक र सचिवसहित १/१ जना प्रत्येक वडाबाट विशेष क्षेत्रबाट ३ जना गरी निर्माण गर्ने । वडाहरुका विभिन्न टोलबाट प्रतिनिधित्व हुने गरी अधिकताम १ संयोजक र सचिव गरी वढीमा ७ जनाको संगठन संरचना निर्माण गर्न सकिने छ ।
नेपाल दलित मुक्तिमोर्चा आइसीटी नेपालको बैठकले प्रदेश तहको २०८० बैशाखको १५ गतेसम्म भेला तथा बैठक गर्ने, जिल्लाको बैठक जेठ १५ सम्म गर्ने, पालिकाको जेठ मसान्तसम्म गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।
बैठकले नेपाल दलित मुक्तिमार्चाका केन्द्रीय तहको केन्द्रमा, प्रदेशतहको प्रदेशमा, जिल्ला तहको जिल्लामा र पालिका तहको पालिका र वडा तहको वडामा तथ्याङ्क अभिलेखिकरण गर्ने र पछि केन्द्रसँग जोड्ने गरी अनलाइन फारमको निर्माण गर्ने निर्णय गरेको छ ।
त्यस्तै नेपाल दलित मुक्तिमोर्चाको केन्द्रीय कार्यालयको वेव साइड र बेव पेज निर्माण तथा अपडेट गर्नका लागि दलित मुक्तिमोर्चाका आइसीटी फोरम नेपालका इन्चार्ज डिवी विश्वकर्मा र अध्यक्ष मानसिंह विश्वकर्मासँग रायपराशर्म गरी प्राविधिक पक्षका तपशिलका व्यक्तिहरुलाई जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरेको अध्यक्ष मानसिंह विश्वकर्माले बताउनुभयो ।
बैठकले नेपाल दलित मुक्तिमोर्चाको बैठक, सभा, भेला, सम्मेलन, प्रशिक्षणहरुमा डिजिटल साक्षारताको विषयमा कक्षा सञ्चालन गर्ने र मोर्चाको गतिविधीहरुलाई प्रविविधियुक्त र भर्चुअल बनाउनेतर्फ जोड दिने निर्णय गरेको छ ।
आइसिटी नेपाल दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय समितिका महासचिव क.शंकर दुलाल, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय कोषाध्यक्ष सानुभाई सार्की मालभुल, आइसीटी नेपालका केन्द्रीय सदस्य तथा नेपाल दलित मुक्ति मोर्चाका इन्चार्ज दलबहादुर विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।