Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकी दबाबपछि गाजा प्रवेशका लागि चार मार्ग खोल्ने इजरायली घोषणा


२३, चैत २०८०
  • 121
    SHARES
  • अमेरिकी दबाबपछि गाजा प्रवेशका लागि चार मार्ग खोल्ने इजरायली घोषणा

    जेरुसेलम । संयुक्त राज्य अमेरिकाले गाजा युद्धलाई लिएर आफ्नो नीतिमा तीव्र परिवर्तन आउनसक्ने चेतावनी दिएको केही घण्टापछि इजरायलले भोकमरीको जोखिममा रहेको उत्तरी गाजामा सहायता वितरण गर्न ‘अस्थायी’ अनुमति दिने शुक्रबार घोषणा गरेको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको ३० मिनेटको टेलिफोन वार्तामा इजरायलप्रतिको अमेरिकी नीति गाजामा रहेका नागरिक र सहायताकर्मीको सुरक्षामा निर्भर रहेको बताएका थिए ।  

    त्यसको केही घण्टापछि नै बिहीबार मध्यरातमा नै इजरायलले अवरुद्ध गाजामा थप सहायता मार्ग खोल्ने घोषणा गरेको छ ।नेतन्याहूको कार्यालयले भनेको छ, “इजरायलको युद्ध क्याबिनेटले अश्दोद बन्दरगाह र एरेजमार्फत सहायता वितरण गर्न अस्थायी अनुमति दिएको छ ।

    ह्वाइट हाउसले राष्ट्रपति बाइडेनको आग्रहमा लिइएको उक्त कदमको स्वागत गरेको छ र यसलाई ‘अब पूर्ण र द्रुत रूपमा कार्यान्वयन गरिनुपर्छ’ भनेको छ ।

    इजरायलले हमासविरुद्ध ६ महिनादेखि जारी युद्धका कारण भएको क्षतिलाई लिएर अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ र इजरायलको मुख्य समर्थक वासिङ्टनले कडा आलोचना खेप्नुपरेको छ ।

    हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ मा भएको आक्रमणपछि इजरायलको प्रतिशोधात्मक अभियानले कम्तीमा ३३ हजार ३७ जनाको ज्यान लिइसकेको छ । अक्सफामका अनुसार उत्तरी गाजाका प्यालेस्टिनीहरूले जनवरीदेखि दैनिक औसत २४५ क्यालोरीमा मात्र बाँच्नुपरेको छ ।

    इजरायलले पटक–पटक सहायता कटौती गरेको र सहायता समूहलाई निशाना बनाएको आरोप परोपकारी संस्थाहरूले लगाउँदै आएका छन् ।  यस हप्ता इजरायलले गाजामा खाद्यान्न वितरण गरिरहेका सात जना मानवीय कार्यकर्ताहरूको ज्यान लिने गरी गरेको आक्रमणले भोकमरी रोक्ने प्रयास र इजरायली दमनलाई उजागर गरेको छ । रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend