Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

किन आयोजना गरियो "गुरिल्ला म्याराथन प्रतियोगिता "


२, असार २०८०
  • 271
    SHARES
  • किन आयोजना गरियो "गुरिल्ला म्याराथन प्रतियोगिता "

    असार २ रुकुम पूर्व । रुकुम पुर्वको भूमे गाउँपालिका र रोल्पाको थवाङ गाउँपालिकाको भूभागलाई समेटेर यो बर्ष पनि पाँचौ गुरिल्ला म्याराथन प्रतियोगिताको आयोजना गरिएको छ । 

    युद्धकै झल्को दिनेगरी गुरिल्ला म्याराथन प्रतियोगिता आयोजना गरिएको हो । तत्कालीन माओवादी केन्द्रले १० वर्षे जनयुद्धको समय सशस्त्र युद्ध सञ्चालन गरी युद्धमा गुरिल्लाहरुले हिँडेका गोरेटो, तालिम र सेल्टर लिएरका केन्द्र तथा गाउँ बस्तीहरु समेटेर दुई जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने गरि प्रतियोगिताको आयोजना गरिएको म्याराथन प्रतियोगिताका संस्थापक अध्यक्ष तथा अभियान्ता सुनिल रोका मगरले बताए । 

    स्थानीय संस्कृति जनजीवन भूगोलका साथै युद्ध पर्यटनलाई विकास र विस्तार गर्दै तत्कालीन जनयुद्धको ऐतिहासिकतालाई प्रचार प्रसार गर्न र जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप प्रतियोगिताको आयोजना गरिएको गरिएको भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र सिंह श्रेष्ठले बताए । यो बर्ष ५२ किलोमिटर र १० किलोमीटरको दुई विधामा महिला र पुरुष म्याराथन प्रतियोगिता आयोजना गरिएको छ। स्थानीय तह आएपछि रुकुम पूर्वको भूमे गाउँपालिका स्थापना भए देखि हरेक बर्ष म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आएको छ । म्याराथन खेलले रुकुम पूर्व र रोल्पाको यी क्षेत्रहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुगेको देखिन्छ र पालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गरेर खेललाई ब्राण्डिङ गरेको छ,भूमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठले बताए। 

    १० वर्षे सशस्त्र जनयुद्धको उद्गम थलो महत गाउँबाट सुरु हुने दौड प्रतियोगिता लाबाङ,रोल्पाको घामचिन,धङनेई,जलजला,चलाबाङ,थबाङ,मारिङ हुँदै खाबाङ बजार छिचोलेर ५० किलोमिटर लामो दुरी रहेको छ । त्यस्तै १० किलोमीटर फन रन अन्तर्गत महत गाउँबाट सुरु भइ सेवङपो, खाबाङ तिला,मारिङ,खाबाङ गाउँ हुँदै खाबाङ बजारमा टुङ्गिने छ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend