Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संसद्को चालु अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार


३०, चैत २०८०
  • 196
    SHARES
  • संसद्को चालु अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार

    काठमाडौँ । सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । यसका लागि आन्तरिक तयारी भईरहेको संसद् सचिवालय स्रोतले जनायो ।

    एक महिनादेखि जारी संसद्को गतिरोध फुकाउन नसक्दा अधिवेशन अन्त्यको तयारी भएको हो । वैशाखको पहिलो सातासम्ममा हिउँदे अधिवेशन अन्त्य हुने सम्भावना छ ।

    सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बनाउन काँग्रेससँगै राप्रपा र सत्तारूढ दलहरूभित्रबाट दबाब बढेपछि सरकारले संसद् अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो ।

    प्रतिनिधि सभाको बैठक वैशाख २ गतेका लागि डाकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसकै वरिपरि अधिवेशन अन्त्य गर्ने मनस्थितिमा छन् । 

    सहकारीको विषयलाई लिएर संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने काँग्रेसको अडानका कारण प्रधानमन्त्री अधिवेशन अन्त्य गर्ने मनस्थितिमा पुगेका हुन् । सरकार संसद्को गतिरोध फुकाउनेतिर भन्दा पनि अध्यादेशबाट कानून ल्याउने दिशामा केन्द्रित हुन थालेको छ ।

    त्यसो त प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनका लागि संसद्बाट नसकिए अध्यादेशबाट भए पनि लगानीको वातावरण निर्माण गर्न कानून संशोधन गरिने प्रतिबद्धता जनाएका थिए । बुधवार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

    ‘देशमा लगानीको वातावरण निर्माण गरी लगानी भित्र्याउन हाम्रा नीति, कानून, सोच, संरचना र कार्यशैलीमा काफी चुनौती र सीमाहरू छन् । त्यसलाई सम्बोधन गर्न सरकारले आवश्यक परे अध्यादेश नै ल्याएर भए पनि लगानी भित्र्याउन सरलीकृत नीति निर्माण गर्छ,’ उनले भने ।

    लगानीसँग सम्बन्धित कानून संशोधनका लागि चालु अधिवेशनबाटै संशोधन हुने सम्भावना देखिँदैन । यसबाट पनि यो अधिवेशनलाई धेरै लम्बाउने पक्षमा उनी नरहेको स्पष्ट हुन्छ ।

    लगानी भित्र्याउनका लागि निजी क्षेत्रले कानूनी जटिलता फुकाउनुपर्ने माग गरिरहेको छ । सरकार पनि करिब एक दर्जन कानून संशोधनको तयारीमा जुटेको छ ।

    लगानी बोर्ड नेपालको संयोजनमा आगामी वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलनको आयोजना गरिँदै छ ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend