Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा २५ सय सहभागी हुने


२, वैशाख २०८१
  • 150
    SHARES
  • एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा २५ सय सहभागी हुने

    काठमाडौं । नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा करिब २५ सय सहभागी हुने भएका छन् ।

    आइतबार बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले सो बैठकमा दुई हजार १५३ महाधिवेशन प्रतिनिधि, महाधिवेशनपछि थपिएका केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार परिषद्, पार्टीको निर्वाचन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी गरी २५ सय सहभागी हुने जानकारी दिए ।

    परिषद्को बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा बिहान ११ बजे बस्नेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यस्तै, चार आयोगका प्रतिवेदन प्रस्तुत गरिने उनले जानकारी दिए ।

    यसैगरी, एमालेले वैशाख १० गते पार्टी स्थापनाको ७५औँ वर्ष पूरा भएर ७६औँ वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रम गर्दै छ । कार्यक्रममा इतिहास समेटिएको डकुमेन्ट्री प्रस्तुत गरिने, देशका प्रमुख राजनीतिक दलका नेताले सम्बोधन गर्ने उनले बताए ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend