Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत : राष्ट्रपति पौडेल


३, वैशाख २०८१
  • 164
    SHARES
  • विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत : राष्ट्रपति पौडेल
    तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताएका छन ।
     
    विश्वसम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुरमा आयोजित कार्यक्रममा उनले राजनीतिक परिवर्तनको सफलतासँगै संविधानसभाबाट नेपाली जनताले पाएको संविधान र हामीले रोजेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल भएको बताए ।
     
    “यसका लागि पहिलो शर्त भनेको सुशासन र जनउत्तरदायी लोककल्याणकारी सरकार हो, जनताको आकाङ्क्षाबमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिबद्धतालाई साकार रुप दिन अनिवार्य छ”, राष्ट्रपति पौडेलले भने । 
     
    सेनवंशी राजा त्रिविक्रम सेनदेखि नै शाहकाल, राणाकाल र पञ्चायतकालासम्म उपेक्षित रहँदै आएको तनहुँसुरडाँडामा ऐतिहासिक सम्पदा र स्मारकहरु लुकेर रहेको चर्चा गर्दै उनले तिनको खोजी, संरक्षण र प्रकाशमा ल्याउनु आफूहरूको प्रमुख दायित्व भएको धारणा व्यक्त गरे । 
     
    “अहिले तनहुँसुरलाई चुँदी र दमौली तिरबाट पक्की बाटोले जोड्ने काम पनि भइरहेको छ, तनहुँलाई लक्षित गरी दक्षिणतिर भगवती रङ्गपथबाट पनि पक्की बाटो पनि बन्दैछ, हिजोको असुविधा र विकटता हट्दै छन्”, उनले भने । 
     
    इतिहासको विविध कालखण्डमा आफ्नै किसिमको महत्व बोकेको तनहुँ सुरको ऐतिहासिक कालमा मात्र नभई मुलुकमा राजनीतिक परिवर्तनको सन्दर्भमा गौरवपूर्ण भूमिका रहेको उनले उल्लेख गरे । उहाँले मुलुकका राजनीतिक परिवर्तनका लागि २००७ सालको जनक्रान्तिको प्रारम्भसमेत यस जिल्लामा यसै ठाउँबाट गरिएको स्मरण गरे । 
     
    त्यतिखेर बन्दीपुरमा भएको सङ्घर्षमा राणा फौजको गोली लागेर छ सपुतहरू धर्मध्वज गुरुङ, धर्मराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, सन्तबहादुर रानामगर, चन्द्रबहादुर सार्की (नेपाली) र खड्गबहादुर गोदारले सहादत प्राप्त गरेका थिए । विसं २०१८ मा धेरै सहिद भएमध्ये बुद्धसिंह रानामगर यसै क्षेत्रको भएको उनले उल्लेख गरे । 
     
    “म ती सहिदप्रति यसअवसरमा सम्मान अर्पण गर्दछु, यसरी देशका लागि प्राण आहुति दिने सहिद र सहिदका परिवारप्रति राज्यले गर्नुपर्ने दायित्य अझै पूरा हुन बाँकी छ”, उनले भने । 
     
    आफ्नो राजनीतिक जीवनको अन्यन्त कठिन सङ्घर्षका दिनमा यस क्षेत्रबाट प्राप्त गरेको सद्भाव र २०४६ को परिवर्तनपश्चात् सम्पन्न आम निर्वाचनहरूमा प्राप्त जनविश्वासवाट यसै क्षेत्रको प्रतिनिधिको हैसियतले संसद्मा प्रतिनिधित्व गर्ने शुभअवसर मिलेको तथा शान्ति प्रक्रियादेखि संविधान निर्माणमासमेत योगदान दिने अवसर प्राप्त भएको उनले स्मरण गरे । 
     
    “यसका निमित्त म यस जिल्लाका जनताप्रति सदैव कृतज्ञ छु र अहिले मुलुकको संविधानको संरक्षकका हैसियतले तपाईंहरूबीच यस कार्यक्रममा आउने अवसर पाउँदा मलाई गर्वको अनुभूति भएको छ, यो सबै तपाईंहरूकै शुभेच्छा एवं सद्भाववाट सम्भव भएको हो भन्ने मैले ठानेको छु र यसप्रति म आभार व्यक्त गर्न चाहन्छु”, उनले भने । 
     
    सेन राज्यकालीन तनहुँसुर तत्कालीन राज्य सञ्चालनको केन्द्र मात्र नभई संस्कृत, मैथिली, भोजपुरी र फारसी भाषाका विद्धानहरूको बौद्धिक केन्द्रसमेत रहेको पाइन्छ । खासगरी चुँदी उपत्यकामा संस्कृत विद्वानहरूको ख्याति काशीनगरी (भारत) सम्म फैलिएको इतिहासमा उल्लेख छ । 
     
    त्यही शैक्षिक एंव विद्वत् परम्परामा आदिकवि भानुभक्त आचार्यको जन्म भएको र नेपालीभाषी जगतमा प्रसिद्धि फैलिएको थियो । यसैलाई उजागर गर्दै चुँदी–रम्घामा भानु साहित्य उद्यानको बृहत योजना प्रारभ गरिएको तथा दमौलीमा वेदव्यासको एक सय आठ फिट अग्लो विशिष्ट शैलीको मूर्ति निर्माण भइरहेको, पर्यटकीय नगरी बन्दिपुर र तनहुँ सुरमा सहिद पार्कको निर्माण आदिबाट तनहुँमा पर्यटनका विविध गन्तव्यको विकास हुन लागि रहेको स्पष्ट झलक मिलेको उनले बताए । 
     
    “पछिल्लो समयमा बन्दिपुर, दमौली, मानुङलगायतका धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रसँगै ऐतिहासिक तनहुँसुर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ, पृथ्वीराजमाार्ग हुँदै प्रसिद्ध पर्यटकीय नगरी पोखरा पुग्ने स्वदेशी विदेशी पर्यटकलाई तनहुँसुरलगायतका जिल्लाका विभिन्न क्षेत्रको भ्रमण गर्न आकर्षित गर्नुपर्ने आवश्यकता छ”, राष्ट्रपति पौडेलले भने । 
     
    उनले यस क्षेत्रमा नेपाल सरकार वन मन्त्रालयले ‘भानुप्राणी उद्यान’ योजनासमेत अगाडि सार्नु प्रशंसनीय रहेको तर कार्यान्वयन पक्ष ढिलो भएको हुँदा यसप्रति सम्बन्धित निकायको ध्यान जाने र यो योजनाले साकार रुप लिने नै छ भन्ने विश्वास व्यक्त गरे । 
     
    देशकै गौरवका योजनामध्ये एक तनहुँ जलविद्युत् योजना हाम्रो धेरै प्रयासपश्चात् आएको हो र अहिले कार्यान्वयनको चरणमा छ भन्दै उनले अर्को योजना तल्लो सेती जलविद्युत् परियोजना प्रारम्भ हुने चरणमा पुगेको उल्लेख गरे । 
     
    “यस्ता आयोजनासँगै जोडिएको तनहुँसुर सम्पदा क्षेत्र जस्ता पिछडिएका क्षेत्रमा अधिकारिक विकासको प्रतिफल पु¥याउनुनै तीनै तहका सरकारको लक्ष्य हुनुपर्दछ”, राष्ट्रपति पौडेलले भने, “विगतमा तनहुँसुर आफैँमा एउटा प्राकृतिक किल्ला थियो, यसको ऐतिहासिक र रणनीतिक महत्व पनि छ, सिङ्गो नेपाल यस्तै रणनीतिक महत्वमा अडिएको र बाँचेको छ, यस्तै प्राकृतिक अवस्थाले नेपालललाई बचाएको छ ।”
     
    त्यस अवसरमा गण्डकी प्रदेश सरकारका बिना विभागीय मन्त्री हरिबहादुर चुमानले यहाँ विकासले गति लिएको भन्दै स्थानीय फर्किने अवस्था पनि बन्दै गएको बताए । तनहुँसुर–खड्गकाली मार्ग पूर्णरूपमा बन्नुपर्ने उनको भनाइ थियो । गण्डकी प्रदेशको प्राथमिकता पर्यटन भए पनि बजेट अभावमा काम हुन नसकेको उनको भनाइ थियो ।
     
    गण्डकी प्रदेशका प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले खड्गकाली मन्दिरको विकासलाई प्रदेश सरकारबाट बजेट विनियोजन भएको जानकारी गराए । उनले मन्दिर तथा तनहुँसुर दरबारसम्म सहज रूपमा आवतजावतका लागि तनहुँसुर–खड्गकाली सडक खण्ड निर्माणका लागि बजेट विनियोजन भएको बताए ।  
     
    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले ऐतिहासिक तनहुँसुरको संरक्षणमा जोड दिए । विकास निर्माणका काम भइरहेको भन्दै उनले तनहुँले अभिभावकत्व खोजिरहेको उल्लेख गरे ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend