Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

डाँगीलाई सहिद घोषणा गर्न राप्रपाको माग


३, वैशाख २०८१
  • 185
    SHARES
  • डाँगीलाई सहिद घोषणा गर्न राप्रपाको माग

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा गर्न माग गरेको छ । डाँगीको सोमबार बिहान उपचारका क्रममा निधन भएको थियो ।

    राप्रपाले सोमबार शोक वक्तव्य जारी गर्दै डाँगीको निधनले राप्रपालाई ठुलो क्षति पुगेको भन्दै स्व.डाँगीलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको हो  ।

    साथै राप्रपाले संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरूमाथि भएको प्रशासनिक दमन निन्दा गरेको छ 

    नागरिकको हत्या गरिनु कायरता र लोकतन्त्रको उपहास भएको भन्दै शोक प्रकट गर्न पार्टीको ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झन्डा आधा झुकाउने र १३ औँ दिनको पुण्य तिथिमा केन्द्रसहित सबै जिल्लामा शोक सभा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् ।

    राप्रपाको आह्वानमा गत चैत २७ गतेको काठमाडौँ केन्द्रित प्रदर्शनका क्रममा प्रहरीको दमनबाट घाइते भई उनलाई छाउनी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

    प्रदर्शनमा प्रहरीको लाठीचार्ज, पानीको फोहरा र अश्रुग्याँस प्रहारबाट चार दर्जन बढी घाइते भएकामध्ये धेरै घाइते उपचारपछि घर फर्किसके पनि जटिल शल्यक्रिया गर्नुपर्ने ६ जना अझै उपचारका क्रममा विभिन्न अस्पतालमा रहेको राप्रपाले जनाएको छ ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend