Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शेयरको उकालो यात्रा


३, असार २०८०
  • 182
    SHARES
  • शेयरको उकालो यात्रा

    व्यक्ति र संस्थाहरूले सार्वजनिक रूपमा व्यापार गरिएका कम्पनीहरूको शेयर किन्न र बेच्न सक्ने शेयर बजार अथवा स्टक मार्केट वा इक्विटी मार्केट विश्वव्यापी वित्तीय प्रणाली तथा अर्थतन्त्रको एक महत्वपूर्ण भाग रहँदै आएको छ । कम्पनीहरुले सर्वसाधारणलाई शेयर जारी गरेर पूँजी जुटाउने तथा यस्ता शेयरहरूले कम्पनीमा स्वामित्वको प्रतिनिधित्व गर्ने शेयर बजारमा लगानी निर्णयहरू गर्नुअघि वित्तीय विवरण तथा कम्पनीहरूको आधारभूत क्षमताहरूको विश्लेषण पश्चात मात्र लगानीकर्ताहरूले आफ्नो जोखिम क्षमताअनुसार विभिन्न समूहका कम्पनीहरूमा लगानी गरेर आफ्नो पोर्टफोलियोलाई विविधीकरण गर्दा मात्र जोखिमभार न्यूनीकरण गर्न सक्छन् भने आपूर्ति र मागद्वारा निर्धारण हुने शेयरको मूल्य नेपाल स्टक एक्सचेन्जमार्फत किन्दै र बेच्दै आएको पाउन सकिन्छ ।

    शेयरधारकहरूलाई निश्चित अधिकारहरू प्रदान गर्ने यस्ता शेयरले कम्पनीको नाफामा साझेदारी दिलाउने हुँदा धेरै नाफा कमाएका तथा उच्च लाभांश दिने कम्पनीको खोजी गर्दै लगानीकर्ताहरू शेयर बजारमा आफ्नो सम्पत्ति बढाउने अवसर खोजिरहेका हुन्छन् भने कम्पनीको आर्थिक अवस्था, कार्यसम्पादन, उद्योग प्रवृत्ति र बजार भावना जस्ता विभिन्न कारकहरूको कारण शेयरको मूल्यमा उतारचढाव आउने गर्दछ । त्यसैले दैनिकी शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले मोल्नुपर्ने यस्ता जोखिम भारका कारण पनि स्टक मार्केट वा इक्विटी मार्केटमा लगानी गर्नुपूर्व विशेष ध्यान दिन जरुरी हुन्छ ।

    यस्तै जोखिमपूर्ण लगानी वातावरणमा लगानी गर्ने नेप्सेका लगानीकर्ताहरुका कारण नेप्सेले गत साता २००० अङ्कको सीमा तोडेर  २०४२ अङ्कमा रोकिएको छ । त्यस अघिल्लो साता १९३९.६१ अङ्कमा रोकिएको थियो । पुनः गत साताको आइतबारबाट क्रमशः बढ्दै गएको नेप्सेमा यो १०० अङ्कको वृद्धि भएको हो । नेप्सेमा लगभग १८ अर्ब हाराहारीको कारोबार भएको देख्न सकिन्छ भने नेप्सेले क्रमशः सुधारोन्मुख लय समातेको र यस्तो लय असार मसान्तसम्म रही रहने जानकारहरुको भनाइ छ ।

    गत हप्ता सेन्सेटिभ इन्डेक्स ३८३.३९ अङ्क मा, फ्लोट इन्डेक्स १४२.०२ अङ्कमा तथा सेन्सेटिभ फ्लोट इन्डेक्स १२६.८८ अङ्क विन्दुहरूमा पुग्दै आफ्नो कारोबार बन्द गरेको छ । यसैगरी यस हप्ता बैंकिंग इन्डेक्स १२३६.४८ मा, होटेल तथा पर्यटन इन्डेक्स ४७८४.३४ अङ्कमा, अन्य समूह १४३८.३९ अङ्कमा, जल विद्धुत समूह २५७१.७४, विकास बैंक समूह ३७११.०४, उत्पादन तथा प्रशोधन समूह ५३८८.८४ अङ्कमा, फाइनान्स समूह १६८६.९५ अङ्कमा, व्यापार समूह २५३८.९२ अङ्कमा, लघुवित्त समूह ३८०३.३६ अङ्कमा, जीवन बिमा समूह १०,८८१.६० अङ्कमा, गैर(जीवन बिमा समूह १०,७००.९२ अङ्कमा, म्युचुअल फण्ड १४.०८ अङ्कमा तथा लगानी समूह ७१.५६ अङ्कमा सीमित हुँदै गत हप्ताको कारोबार अन्त्य भएको छ ।

    जीवन बिमा समूहमा झन्डै १००० अङ्कको वृद्धि भएको देख्न सकिन्छ । यसैगरी गैर जीवन बिमा समूहमा झण्डै ५०० अङ्कको वृद्धि भएको देख्न सकिन्छ भने होटेल तथा पर्यटन क्षेत्र पनि ६०० अङ्कले बढेको देख्न सकिन्छ तथा उत्पादन तथा प्रशोधन समूहमा पनि झण्डै ५०० अङ्कको वृद्धि भएको देख्न सकिन्छ। गत हप्ता यी चार समूहले धेरै लगानीकर्ताहरुलाई आकर्षित गर्न सकेको देख्न सकिन्छ भने यस बाहेक अन्य समूहका लगानीकर्ताहरुलाई त्यति आकर्षण गर्न नसकेको बुझ्न सकिन्छ । लगानी समूह गत हप्ता जम्मा ४ अङ्कले मात्र बढ्यो भने लघुवित्त समूहले पुनः लय समात्दै लगभग २२५ अङ्कको वृद्धि भएको देख्न सकिन्छ । यो साता पनि शेयर बढ्ने अनुमान गर्न सकिन्छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend