Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पूर्व श्रममन्त्री भण्डारीबाट भएका विवादास्पद निर्णय खारेज


७, वैशाख २०८१
  • 185
    SHARES
  • पूर्व श्रममन्त्री भण्डारीबाट भएका विवादास्पद निर्णय खारेज

    काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्व श्रममन्त्री शरतसिंह भण्डारीले गरेका ३ वटा विवादास्पद निर्णयहरु खारेज गरेको छ ।

    वर्तमान श्रममन्त्री डोलप्रसाद अर्याल (डीपी)ले मागपत्रको प्रमाणीकरण, अनिवार्य अंग्रेजी भाषा र पूर्व प्रस्थान अभिमुखीकरणको शुल्कसम्बन्धी निर्णयहरु खारेज गर्नुभएको हो ।

    श्रमिकले विदेश जाँदा न्यूनतम अंग्रेजी भाषा जानेकै हुनुपर्ने गरी गएको मङ्सिरमा भएको निर्णय खारेज भएको छ । योसँगै अब खाडी देशमा जाने श्रमिकले अंग्रेजी भाषा जानेको हुनुपर्ने व्यवस्था कार्यान्वयन नहुने भएको छ । यस्तै गएको अशोजमा भएको अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि – २०७६ को दोस्रो संशोधनसम्बन्धी निर्णय पनि खारेज भएको मन्त्रालयले जनाएको छ ।

    यसअघि श्रमिकले लिनुपर्ने अभिमुखीकरण कक्षा बापतको शुल्क चार गुणाले बढाउँदै खाडी देश जान अंग्रेजी र सम्बन्धित देशको भाषा कक्षा र परीक्षा अनिवार्य गर्ने निर्णय भएको थियो । नयाँ श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकले लिनुपर्ने पूर्व प्रस्थान अभिमुखीकरण तालिम बापतको दुई हजार आठसय रुपैयाँ पुर्याउने निर्णय अब कार्यान्वयन हुने छैन ।

    नयाँ निर्णयसँगै यस बापतको शुल्क सात सय रुपैयाँ नै कायम हुनेछ । यस्तै वैदेशिक रोजगारको मागपत्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागबाटै प्रमाणीकरण गर्ने व्यवस्था पनि खारेज भएको छ । अब निर्देशिका बमोजिम मागपत्र प्रमाणीकरणको काम सम्बन्धित देशमै रहेका नेपाली दूतावासले मात्रै गर्ने भएका छन् । 

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend