Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

खोटो सिक्काले भ्रममा राखेर बजार कब्जा गर्न खोज्यो : नेता महर


७, वैशाख २०८१
  • 117
    SHARES
  • खोटो सिक्काले भ्रममा राखेर बजार कब्जा गर्न खोज्यो : नेता महर

    बझाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस लोकतन्त्रको सक्कली सिक्का भएकाले नक्कली सिक्काहरू परास्त हुँदै जाने बताएका छन् ।

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङले आयोजना गरेको बझाङ प्रदेश सभा (क) उपनिर्वाचन लक्षित अन्तक्रियालाई सम्बोधन गर्दै नेता महरले नक्कली सिक्काले भ्रममा राखेर सक्कली सिक्कालाई बजारबाट विस्तापित गर्छु भनेर सोच्नु दिवा सपना मात्रै हुने बताए ।

    नक्कली सिक्काले भ्रममा राखेर सक्कली सिक्कालाई बजारबाट विस्तापित गर्न खोज्छ । अहिले नेपालमा पनि नक्कली लोकतन्त्रवादीहरूले लोकतन्त्रको खोल ओडेर लोकतान्त्रिक पद्धतिमाथि कब्जा गर्न खोजेका छन् । 

    उनीहरूले जनतालाई भ्रममा राखेर नेपालको लोकतान्त्रिक पद्धतिमाथि चुनौति खडा गर्न खोजेको देखिन्छ । यस्ता लोकतन्त्रका नक्कली सिक्का आफैँ खुइलिएर र विस्तापित भएर जानेछन्, उनले भने ।

    लोकतन्त्रमा च्याँखे थापेर रंगोली मनाउने नक्कली सिक्कालाई परास्त गर्न जनतासँग महरको अपिल छ । कम्युनिस्ट र नयाँ शक्तिका नाममा उदाएका दलहरू भ्रममा बाचिरहेका छन् । उनीहरूले लोकतन्त्रलाई कमजोर तुल्याउन विभिन्न षडयन्त्र गरिरहेका छन्। 

    जनतालाई भ्रममा राखेर शासन कमजोर तुल्याइ आफू अनुकूल चलाउन खोज्नेहरू अहिले सत्तामा छन् । विभिन्न महाकाण्डमा मुछिएका मन्त्रीहरूले मुलुक र शासन कमजोर भए आफूहरू चलखेल गर्न पाउँछौं सोचिरहेका छन्, महरले भने, अब त्यो कपटपूर्ण षडयन्त्र धेरै दिन टिक्दैन। जनतामा दूध र पानीलाई छुट्याउन सक्ने क्षमता छ। हामी जनतालाई भ्रममा राख्न दिँदैनौं।

    गलत प्रवृत्तिलाई कमजोर तुल्याएर लोकतन्त्रको जगलाई थप बलियो बनाउन उपनिर्वाचनमा कांग्रेसलाई मतदान गर्न महरले आग्रह गरे । गलत प्रवृत्तिलाई साथ नदिऔं। अब गलत प्रवृत्तिको पर्दाफास गरेर कांग्रेसलाई विजयी गराएर लोकतन्त्रको जग बलियो बनाऔं,उनले भने।

    त्यसका लागि पूर्वको इलाम र सुदूरपश्चिमको बझाङबाट कांग्रेस उम्मेदवारलाई विजयी गराएर लोकतन्त्रको पक्षमा उभिन महरले जनतासँग अपिल गरेका छन् । नेपालमा लोकतन्त्रवादी बलिया छन् र लोकतन्त्रको जग कसैले हल्लाउन सक्दैन भन्ने सन्देश यही उपनिर्वाचनबाट जनताले दिनुपर्ने उनको धारणा छ।

    लोकतन्त्रको जगमाथि दोहोरो प्रहार भइरहेको छ । नयाँ र पुराना राजनीतिक दलले कांग्रेसलाई एक्लाउँदै भ्रमको कुण्डली निर्माण गरिरहनुभएको छ । यो धेरै दिन टिक्ने छैन । हामीले नचलाउँदै खरानीको घर जस्तो भ्रमको जग आफैँ गरल्याम्म ढल्ने छ। लोकतन्त्रका नक्कली सिक्काहरू विस्तापित हुँदै जानेछन्, महरले भने।

    कांग्रेसले अब २०८४ सम्म जनताको साथमा रहेर सशक्त प्रतिपक्षी दलको भूमिका निर्वाह गर्नुपर्ने महरको धारणा छ । जनताको आकांक्षालाई पुरा गरेर लोकतन्त्रको जगलाई बलियो बनाउने अभिभारा कांग्रेसको भएकाले यसप्रति पार्टी थप जिम्मेवार हुनुपर्ने उनले बताए।

    देश निर्माणका लागि विदेशी रहेका युवाहरूलाई स्वदेशमै रोक्न वातावरण बनाउन आवश्यक भएको  र त्यसको नेतृत्व कांग्रेसले गर्ने महरको भनाई छ । उनले सबैको साझा प्रयासबाटमात्र मुलुक समृद्ध हुने बताए । समृद्धिका लागि लोकतन्त्रको जित हुनुपर्ने र त्यसका लागि कांग्रेसको विजय अति आवश्यक रहेको उनले औंल्याए।

    कार्यक्रममा कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कांग्रेस नेता प्रकाश स्नेही, पूर्वमन्त्री नरेश बहादुर सिंह, नेता डा.सुरेश मल्ल, कांग्रेस बझाङ सभापति खडक बोहरालगायतले आफ्नो धारणा राखेका थिए ।437951131_744398761208949_4425962320243554060_n.jpg

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend