Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

को हुन् लुम्बिनी प्रदेशका स्वास्थमन्त्री पुनमगर ?


९, वैशाख २०८१
  • 995
    SHARES
  • को हुन् लुम्बिनी प्रदेशका स्वास्थमन्त्री पुनमगर ?
    रोल्पा । रोल्पाको माडी गाउँपालिका वडा नं. ६ (सविकको कोर्चाबाङ ९) लाच्पुनमा जन्मिनुभएका बाजे देउमन पुनको नाती र बुवा सर्वजित पुनगको र आमा शशिला पुनमगरको पुत्रका रुपमा  दीपेन्द्र कुमार पुनमगरको जन्म २०२५ साल चैत्र १० गते भएको हो ।
     
    सानै छँदा पनि कम बोल्ने तर निर्णय क्षमतामा विशेष दख्खल राख्ने वानीको विकास भएको थियो । बाल्यकालमा पनि आफूसँगैका साथीहरुसँग खेल्दा होस वा छलफलमा पनि साथीहरु अनिर्णयको बन्दी बन्दी बनिरहेको बेलामा छिटो निर्णय दिने र निष्कर्ष निकाल्ने गर्नुहुन्थ्यो । सानै उमेरमा विद्रोही स्वभावको भएका कारणले अलि सत्यको नजिक पक्षमा उभिने प्रयास गर्ने दीपेन्द्र कुमार पुनमगर सधै छिटो छरिटो काम गर्ने सँस्कारकाको विकास गर्नुभएको थियो । 
     
    मन्त्री दीपेन्द्र पुनमगर सिजलको पारिवारिक विवरण
     
    बाजे देउमन पुन र बुवा सर्वजित पुनमगर आमा शशिला पुनमगरकोको सन्तानको रुपमा रहनुभएको दिपेन्द्र कुमार पुनमगरले दिलकुमारी माठा (कुश्मा) संग बिहे गर्नुभयो । दिपेन्द्र कुमार पुनमगर र दिलकुमारी बाठामगरबाट जेठो छोरा मिलन पुनमगर र कान्छो आलोक पुनमगर दुई सन्तान हुन् । जेठी बुहारी डा. सविना घर्तीमगर, कान्छी बुहारी सुनिता पुनमगर हुनुहुन्छ । मिलन र डा.सविना पुनबाट छोरा समयोङ पुन र आलोक पुन र सुनिता पुनमगरबाट असल पुनमगरको जन्म भएको छ ।
     
    उहाँको बहिनीहरु सपना पुन र सिर्जना पुनमगर हुनुहुन्छ । सबै परिवार नै हुनुहुन्छ । जेठी बहिनीको श्रीमान शसिराम पुनमगर जनयुद्धको बेलामा जनमुक्ति सेनामा कार्यरत हुनुहुन्थ्यो । उहाँ तत्कालीन शाही सेनाको व्यारेक आक्रमणको क्रममा पनि शहीद हुनुभएको छ । त्यस्तै कान्छी बहिनी सिर्जना पुनमगरको श्रीमान पूर्णबहादुर पुनमगरको पनि जनयुद्धको क्रममा शाहदत प्राप्त गर्नुभएको छ । उहाँको दुवै जना शहीद भई सक्नुभएको छ । 
     
    लामो राजनीतिक यात्राको श्रृखला 
     
    सानै उमेरमा राजनीतिमा चासो राख्ने दीपेन्द्र कुमार पुनमगर सिजलले विद्यार्थी राजनीतिबाट २०४३ मा श्री जनजगृती मा.वि. जुगार कक्षा ८ मा अध्ययन गर्दा अ.ने.रा.स्व.वियु छैठौबाट विद्यार्थी राजनीति शुरुवात गर्नुभएको थियो । उहाँले निरन्तरतामा ने.क.पा. मशालको भातृ संगठनको सदस्यता प्राप्त गर्नुभएको थियो ।
     
    उहाँले २०४४ सालमा जनसेवा मा.वि. राङ्सीको जिम्मेवारी सम्माल्नुभएको थियो । सो जिम्मेवारीमै रहदाँ नेपालमा २०४५ सालमा निरंकुश पंचायति व्यवस्थाको विरुद्ध भूमिगत प्रचार प्रसारको लागि विद्यार्थीबाट रोल्पाको पश्चिम क्षेत्रको जिम्मेवारी प्राप्त गरी आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो ।
     
    यस्तै दीपेन्द्र कुमार पुनमगरले आफ्नो राजनीतिक जीवनलाई सफलता तिर अगाडि बढाउनको लागि २०४६ सालमा अ.ने.रा.स्व.वियु छैठौको रोल्पा जिल्ला सदस्यमा निर्वाचित हुनुभयो । राजनीतिमा लागेपछि निरन्तर रुपमा आफ्नो पाइलाहरु अगाडि बढाउनुभएका दीपेन्द्र कुमार पुनमगरले २०४७ सालमा ने.क.पा मशालको पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो ।
     
    आधिकारिक रुपमा कम्यनिष्ट पार्टीको सदस्यता बनेपछि औपचारिक रुपमा राजनीतिक यात्रा अब पार्टीको राजनी तर्फ अगाडी बढाउनुभएको थियो । यस्तै विद्यार्थी राजनीनिमा फरक छवि बनाउँदै शिक्षक र विद्यार्थीका प्यारो नेताका रुपमा रहेका पुनमगर २०४८ सालमा अ.ने.रा.स्व.वियू छैठौको जिल्ला उपाध्यक्षको उपाध्यक्ष बन्नुभएको थियो । उपाध्यक्षको जिम्मेवारीमा हुदाँ रोल्पा जिल्ला ग्रामीण क्षेत्रका विद्यालयहरुमा संगठन विस्तार अभियानलाई तीव्रता प्रदान गर्नुएको थियो ।
     
    पुनमगर विद्यार्थी राजनीतिमा खपिस हुनुभएका कारणले २०५० देखि २०५४ सम्म दुइपटक अनेरास्ववियू (छैठौ) को पुन विद्यार्थी संगठनको जिल्ला अध्यक्ष पदका भूमिका निर्वाह गर्नुभयो । २०५० देखि २०५६ साल सम्म विद्यार्थी संगठनको केन्द्रीय सदस्य बन्नुभएको थियो । नेपाली राजनीतिमा २०४८ सालमा ने.क.पा (एकता केन्द्र) को ९ नं.इलाका सदस्य सदस्य बन्नुभयो । संगठनको निरन्तरतामा काम गर्दै जादा २०५१ सालमा ने.क.पा (माओवादी) को ९ नं. संयोजक बन्नुभयो ।
     
    संगठन र पार्टी क्रान्तिको लागि जीवन दिन तयार रहदैँ आएको छ । २०५२ सालमा ११ इलाकाको इन्चार्ज र होलेरी चौकीको विस्तृत अध्ययन पश्चात् २०५२ फाल्गुन १ गते आक्रमण गर्ने एक सहभागी हुनुभएको थियो । उक्त आक्रमणको मुख्य हतियार एकथान राईफल दीपेन्द्र कुमार पुनमगर र झक्कुप्रसाद सुवेदीले गोर्खाबाट घोराहीसम्म लिएको र घोराहीदेखि रोल्पाको नुवागाउँ सम्म रातारात एक्लै लिएको पनि उहाँको अर्को जीवित इतिहास छ ।
     
    संगठन कला र फौजी कला दुवै भएका दीपेन्द्र कुमार पुनमगर सिजल २०५४ सालमा ने.क.पा.(माओवादी) रोल्पा जिल्ला संगठनको जिल्ला सदस्य हुनुभयो । जिल्ला संगठनको सदस्यता प्राप्ती पछि उहाँ जिल्ला सेक्रेटरीको भूमिका पनि निर्वाह गर्नुभयो । माओवादीलाई देशभरी फैलाउने अभियानमा २०५९ सालदेखि ने.क.पा. (माओवादी) पाल्पा जिल्लाको इन्चार्जको रुपमा कार्यरत हुनुभयो । नेपाली राजनीति परि घटनाका नयाँ ढंगले अगाडि बढेको थियो ।
     
    उहाँ आफैले दुश्मनका लागि प्रहार गर्ने गरी २०६१ फाल्गुन २४ गते गतेको क्रममा आफनै हातमा माइन विस्फोट हुँदा बायाँ, दायाँ हात र बायाँ कान गुम्न पुगेको थियो । घाइते भएर पनि निरन्तर पार्टी र क्रान्तिको जिम्मेवारीलाई पुरा गर्नका लागि लाग्नुभएको थियो । हाल घाईते अपाङ्ग योद्धा संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्छ ।
     
    तत्कालीन ने.क.पा (माओवादी) शान्तिकाली प्रक्रियामा आएपछि पाल्पा जिल्लाबाट निर्वाचनको टिकट पाउँदा पाउँदै पनि रोल्पा जिल्लामा प्रचण्डलाई विजयी बनाउनका लागि रोल्पा जिल्ला इन्चार्जको जिम्मेवारी लिनुभएको थियो । उहाँ २०६३ सालदेखि हाल २०७५ बैशाखसम्म रोल्पा जिल्लाको इन्चार्ज हुनुभएको थियो । जिल्ला इन्चार्जको रुपमा रहदाँ गाउँ गाउँमा आफ्नो प्रभाव तथा सांगठनिक क्रियाशीलता बढाउँदै गरेको कारणले आज उहाँको लोकप्रियता बढेको छ ।
     
    राजनीति प्रतिवद्धता र क्रियाशीलताको आधारमा उहाँलाई २०६१ को थबाङ फुन्टिबाङको बैठकले बैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको थियो । उहाँलाई २०६१ सालको चुनबाङ बैठकबाट ब्रिगेड कमिसारको जिम्मेवारी आएको थियो । फेरी रोल्पाबाट र चुनबाङबाट तर गण्डक गई पुग्दा पुन : पाल्पा र नवलपरासी जिल्लाको जिम्मेवारी प्राप्त गर्नुभएको थियो ।
     
    रोल्पा जिल्ला पछिल्लो समयमा निकै क्रियाशीलता पार्टी र कार्यकर्ताको लागि बीचमा आफ्नो छुट्टै प्रभाव राख्नका लागि सफल २०७३ सालदेखि पोलिट ब्युरो सदस्य बन्नुभएको थियो । २०७४ सालदेखि केन्द्रीय सचिवलय सदस्य समेत बन्नुभयो । २०७५ जेष्ठदेखि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीको जिम्मेवारी पाउनुभएको थियो । हाल पनि पार्टीको बरिष्ठ केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।
     
    सत्तामा जानका लागि आतुर नहुने र पार्टी, संगठन मजबुत बनाउनको लागि आफूले निकै मेहनत गर्ने दीपेन्द्र कुमार पुनमगरलाई नेकपा (माओवादी केन्द्र) ले रोल्पा १(ख) २०७४ मंसिरमा सम्पन्न संघ र प्रदेश सभाको निर्वाचनमा रोल्पा १ (२) (ख) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभयो । २०७९ मंसिरमा सम्पन्न संघ र प्रदेश सभाको निर्वाचनमा रोल्पा १ (२) (ख) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभयो । हाल २०८१ साल बैशाख ६ गतेदेखि लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीको जिम्मेवारी प्राप्त गर्नभएको थियो ।
     
    आफ्नो वर्गिय पक्षधरता पहिलो प्राथमिकताका साथ राजनीतिलाई सवल बनाउनु पर्दछ भन्ने मान्यता राख्ने, सधै वर्ग वैरीहरुप्रति खरो स्वभाव उत्रिने, सबैलाई संग सँगै साथमा लिएर जानु पर्दछ भन्ने मान्यताको कारण राजनीतिमा सफल हुँदै जानुभएका पुनमगरले हाल पनि आफ्नो एक मात्रै सपना जनताको सेवा गर्ने चाहना रहेको बताउनुभएको छ ।
     
    साधा जीवन उच्च विचार, सामान्य जीवन शैली, छिटो निर्णय दिनसक्ने क्षमता हुनु भएका दीपेन्द्र कुमार पुनमगरले आफ्नो लागि भन्दा समाज र पार्टीका लागि बलियो खम्बाको रुपमा उभिने एउटा नमूना पात्रको रुपमा अगाडि बढी रहनुभएको छ । बोल्दा रुखो झै लागे पनि कार्यकर्ताहरुको माझमा यसले बोलेको कुरा गर्दछ भन्ने छाप छोड्नु भएका दीपेन्द्र कुमार पुनमगरको आफ्नो लागि मन्त्री एउटा अग्नी परिक्षा भएको बताउनुभएको छ ।

  • ‘देवदह खोज्दा भेटिएको बुद्धकाल’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

    बुद्धकालीन देवदहको इतिहास, मंगलपुष्करिणीको खोज, रोहिणी नदी, पुरातात्त्विक सम्पदा, पर्यटन सम्भावना र अनुसन्धान यात्राबारे डा.कृष्णप्रसाद

  • कांग्रेसको एकता बिना लोकतन्त्र बलियो हुन सक्दैन : गगन थापाको नेतृत्व र देउवाको अभिभावकत्व

    नेपाली कांग्रेस यतिबेला एउटा राजनीतिक दलभित्रको सामान्य आन्तरिक विवादको अवस्थामा मात्र छैन। पार्टीभित्र विकसित पछिल्ला

  • जेन्जी आन्दोलनको एक वर्ष : सरकार ढल्यो, राज्य बदलियो त?

    ७६ सहिदको बलिदानपछि पनि उही प्रश्न-सरकार परिवर्तन भयो, तर शासनशैली र राज्य संयन्त्र कति बदलियो? गोविन्द

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend