Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चल्यो : डा.भट्टराई


९, वैशाख २०८१
  • 161
    SHARES
  • सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चल्यो : डा.भट्टराई

    बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् ।

    उनले ठूलो त्याग र वलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरुकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको जिकिर गरे ।

    आइतवार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा डाक्टर भट्टराईले यस्तो बताएका हुन् ।

    देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरु धरासायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको, सरकारले उठाएका ठूला फाईलहरुको हालसम्म कुनै टुङ्गोमा पुर्योउन नसकेको जनाउँदै सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको दाबी गरे ।

    अध्यक्ष भट्टराईले भने, राजनीतिक भनेको देश लुट्ने अस्त्र बन्यो । चुनाबलाई महंगो बनाउने र नागरिकले दिएको भोटले जितेर त्यसको फाईदा विभिन्न नाममा भ्रष्टाचार गर्ने प्रवृत्तिले देश ठूलो भड्कालो जाँदै गरेको उल्लेख गरे ।

    देशमा उदाएका नयाँ शक्तीहरुको उपयुक्तता नहुने ठोकुवा गर्दै अब देशको विकासका लागि विभिन्न दिशामुखि दलहरु भन्दा देशलाई नेपालमुखि दल चाहिएकाले आफ्नो पार्टीलाई नयाँ बैकल्पिक पार्टी बनाउने दृढताका साथ अगाडि बढेको जनाए । 

    उनले थपे, आफ्नो पार्टीलाई केही शक्तिहरुले धमिलो बनाउन खोजेका थिए । मैले ती तत्वहरुलाई प्रदूषित गराउनबाट बचाउन अलग गरिसके म अब आफ्नो पार्टीलाई नेपालमुखी बनाउनेमा कस्सिएको छु , डा.भट्टराईले भने । अहिलेको राजनीतिक गठबन्धन ठगबन्धन भएको बताउँदै यो गठबन्धन पहिले नै असफल भएकाले पटक पटक दोहोर्‍याए पनि सही मार्गमा जान नसक्ने बताए । जनताहरुले यसबाट कुनै नयाँ परिवर्तनको अपेक्षा नराखेको उनको भनाई थियो ।
     
    नेता भट्टराईले सत्ताको लालाची आफु कहिल्यै भएन । हुँदैन पनि ।  पदको निम्ति कहिले पनि कसैसँग सम्झौता गरेको छैन् । मैले कुनै भ्रष्टाचार गरेको कुनै प्रमाण छ ? भन्दै प्रश्न गरे । केही भुक्ने कुकुर छन्, ती भुक्ने कुकुरहरुलाई ढुङ्गा हान्ने भन्दा मेरो ध्यान आफ्नै बाटोमा लागेको छु । हामीहरुको एउटा माग छ त्यो हो, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको निर्वाचन प्रणाली । त्यसमा गयो भने मात्रै देशमा स्थायित्व सरकार आउने र विकास हुने विश्वास छ ।

    कार्यक्रम रिपोर्टर्स क्लव नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।1713697637264.jpg

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend