Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक


१०, वैशाख २०८१
  • 124
    SHARES
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

    बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  आजको बैठकमा भोलिबाट हुने कतारका राजाको भ्रमणको बारेमा छलफल हुनेछ।

    कतारका राजा मोहम्मद बिन अल थानी भोलि नेपाल आउँदैछन्। त्यस्तै आजको बैठकमा केही नियुक्ति र बढुवाको निर्णय गर्ने पनि जनाएको छ। नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवा सिफारिस भएका छन्।

    यस्तै दुई एसएसपी डीआइजीमा बढुवा सिफारिस भएका छन्। त्यसको बारेमा पनि निर्णय हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    यस्तै बैठकमा बजेट अधिवेशन आह्वानको सिफारिस हुन सक्नेछ। गत चैत ३० गते अन्त्य भएको हिउँदे अधिवेशन आह्वानका लागि सिफारिस हुन सक्छ।

    सरकारले आगामी जेठ १५ गते बजेट ल्याउनु पर्ने बाध्यता छ। त्यसअघि नीति तथा कार्यक्रम ल्याउने सरकारले तयारी गरेको छ।  

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend