काठमाडौं । सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबारदेखि नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले जानकारी दिईन् । त्यस्तै बैठकले अर्थ सचिवमा मधु मरासिनीलाई सरुवा गर्ने पनि निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको थियो । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि उनी निलम्बनमा परेका थिए । तर अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।
त्यस्तै बैठकले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । हाल अर्थ सचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए ।
केही दिनअघि अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो । उनले हिजो मात्रै हाजिर हुन प्रम कार्यालयमा निवेदन दिएका थिए ।