काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गणतन्त्र गौरव’ पदकबाट सम्मान गरेको छ ।
नेकपा स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु केपी ओली, शेरबहादुर देउवा, झलनाथ खनालले सम्मान पत्र हस्तान्तरण गरे ।
मञ्चमा नेकपा अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी उपस्थित थिए ।