Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उपचुनाव : आज राति १२ बजेदेखि मौन अवधि, सामाजिक सञ्जालबाट पनि भोट माग्न नपाइने


१२, वैशाख २०८१
  • 114
    SHARES
  • उपचुनाव : आज राति १२ बजेदेखि मौन अवधि, सामाजिक सञ्जालबाट पनि भोट माग्न नपाइने

    काठमाण्डौ – वैशाख १५ गते शनिवार इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर–२ र बझाङ प्रदेशसभा–१ (क) मा हुने उपचुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ ।

    मौन अवधि शुरु भएपछि राजनीतिक दल र उम्मेदवारले कुनै पनि प्रचार गर्न पाउने छैनन् । निर्वाचन आचारसंहिताको पालना गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

    आचारसंहिता अनुसार मतदान शुरु हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ । मौनअवधिमा प्रचार प्रसार गर्न र भोट माग्न पाइँदैन ।

    मौन अवधि शुरु हुनुअघि नै मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउनुपर्नेछ ।  एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतिय माध्यम र सामाजिक सञ्जालबाट पनि मत माग्न र प्रचार गर्न नपाइने उल्लेख छ ।

    त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइनेछैन । यसैबीच आयोगले उपचुनावमा मतदाता परिचय पत्रसँगै अन्य जुनसुकै परिचय पत्रबाट मतदाताले मतदान गर्न सक्ने जनाएको छ ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend