Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी


१२, वैशाख २०८१
  • 140
    SHARES
  • नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

    काठमाण्डाै – नेपाल र कतारबीच आठ वटा क्षेत्रमा सहकार्य गर्ने समझदारी तथा सम्झौता भएको छ । सरकारीस्तरबाट छ वटा र निजी क्षेत्रबाट दुई वटा गरी आठ वटा समझदारी तथा सम्झौता भएकाे परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि दुई देशका मन्त्रीहरूबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले हस्ताक्षर गर्नुभएको छ ।

    कतार र नेपालका राष्ट्रिय समाचार संस्थाहरूबीच समाचार आदानप्रदान र सहकार्यसम्बन्धी सम्झौता भएको छ । यस्तै दुई देशका संस्कृति र कलाको प्रवर्द्धन गर्नेसम्बन्धी समझदारी पत्र, शिक्षा तथा उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानसम्बन्धी समझदारी पत्र, युवा र खेलकुद सहकार्यसम्बन्धी समझदारी पत्र र दुई देशका महान्यायाधिवक्ताको कार्यालयबीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस्तै नेपालको इन्स्टिच्युट अफ फरेन अफेअर्स र कतारको कुटनीतिक निकायबीच कर्मचारीलाई तालिम आदानप्रदान गर्ने विषयमा पनि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    सरकारीस्तरमा भएका यीबाहेक दुई देशका निजी क्षेत्रबीच दुई वटा सम्झौता भएका छन् । निजी क्षेत्रको तर्फबाट भएका सम्झौतामा नेपालको तर्फबाट उद्योग वाणिज्य महासङ्घ र कतारका तर्फबाट पनि कतारका निजी क्षेत्रका व्यवसायीहरूको संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

    यस पटक कतारका राजाको भ्रमण हुँदा नेपालले सन् २००५ मा दुई देशले हस्ताक्षर गरेको श्रम सम्झौताको नवीकरण चाहेको थियो । पूर्णकालीन बीमा, कामदारको ज्यालावृद्धिजस्ता विषय समेट्ने सम्झौताका कतिपय विषय टुङ्गो नलागेकोले थाती राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सम्झौता गर्नुअघि कतारका राजा थानीसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न र इजरायलमा रहँदा हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइका लागि सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

    यस्तै नेपालमा कतारबाट हुन सक्ने लगानी र श्रम क्षेत्रमा थप सहकार्यका बारेमा पनि छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले कतारका राजालाई पूर्वाधार, ऊर्जा, शिक्षा र यातायातजस्ता क्षेत्रमा नेपालमा लगानीका लागि अनुरोध गर्नुभएको छ ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend