Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति


१३, वैशाख २०८१
  • 135
    SHARES
  • मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

    काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर नेपालीले नेतृत्व गरेको नेकपा (मशाल) वीच पार्टी एकता गर्ने सहमति जुटेको छ ।

    आगामी मे १ गते अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर दुई दलबीच एकता गरिने विहीबार वैद्य र नेपालीले संयुक्त वक्तव्यमार्फत जानकारी दिएका छन् ।

     माओवादी नेता प्रचण्डका राजनीतिक गुरुसमेत मानिने मोहन वैद्यले प्रचण्डसँग अलग भएर माओवादी पार्टी पुनर्गठन गरेका थिए । तर, उनको समूहमा रहेका रामबहादुर थापा बादल प्रचण्ड समूहमै फर्किएका थिए  नेत्रविक्रम चन्द विप्लव अर्कै दल खोलेर हिंसात्मक सङ्घर्षमा होमिएका थिए । वैद्यले भने माओवादीको नाम फेरेर ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल’ चलाउँदै आएका छन् ।

    त्यसो त विप्लव समूहमा समेत फुट आएसकेको छ । धर्मेन्द्र बास्तोला लगायतका लगायतका नेताहरूले विप्लवको साथ छाडेर नेकपा (बहुमत) खोलेका छन् ।

    उता मोहन वैद्यसँग एकता गर्न तयार रहेका अर्घाखाँचीका सन्तबहादुर नेपाली यसअघि मोहनविक्रम सिंह, चित्रबहादुर केसीहरूले नेतृत्व गरेको नेकपा (मसाल) मा आवद्ध थिए । सादगी नेताका रुपमा चिनिने नेपालीले केसी र सिंहलाई छाडेर विद्रोह गरी नेकपा (मशाल) पुनर्गठन गरेका थिए ।

    माओवादी केन्द्रका नेता एवं प्रधानमन्त्री प्रचण्डले पूर्वमाओवादी समूहहरुवीच एकता हुने बारम्बार चर्चा गरिरहे पनि मोहन वैद्य प्रचण्डसँग मिल्न तयार देखिएका छैनन् ।

    डा. बाबुराम भट्टराई पनि प्रचण्डसँग टाढिएका छन् । विप्लवले पनि प्रचण्डसँग पार्टी एकता गर्न चाहेको देखिँदैन । यहीबेला मोहन वैद्यले पूर्वमसाल समूहसँग एकताको घोषणा गरेका हुन् ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend