Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

७ बुँदे घोषणा पत्र जारी गदैँ अन्तर ब्यवस्थापिका भेला तानसेनमा सम्पन्न


१५, वैशाख २०८१
  • 158
    SHARES
  • ७ बुँदे घोषणा पत्र जारी गदैँ अन्तर ब्यवस्थापिका भेला तानसेनमा सम्पन्न

    पाल्पा । पाल्पाको तानसेनमा तीन दिन देखि जारी अन्तर ब्यवस्थापिका भेलाले ७ बुँदे घोषणा पत्र जारी गरेको छ ।

    लुम्बिनी प्रदेश सभाको आयोजनामा पाल्पा जिल्लाको तानसेनमा बैशाख १३, १४ र १५ मा भएको छलफल तथा अन्तरक्रियाबाट नवौं अन्तर-व्यवस्थापिका भेला २०८१ ले ७ बुँदे घोषणा पत्र जारी गरेको छ ।

    संघीय संसदले उत्तर बिधायिकी परिक्षण सम्बन्धमा प्रदेश सभाका समिती र सचिवालयका जनशक्तिलाई क्षमता अभिवृद्धिमा सहयोग र सहजीकरण गर्नेसम्बन्धमा संघीय संसद र प्रदेश सभाबिच आवश्यक सहकार्य गर्ने , आगामी भेला गण्डकी प्रदेश सभाले गर्ने लगायतको ७ बुदे घोषणा पत्र जारी गरेको हो ।

    उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेको प्रमुख आतिथ्यता, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेको आतिथ्यतामा भएको कार्यक्रममा ६ वटा प्रदेशका सभामुख उप सभामुख महासचिब तथा सचिवहरुको उपस्थिति रहेको थियो ।

    जसमा कोशी प्रदेश सभामुख अम्बर बहादुर विष्ट र उपसभामुख सृजना दनुवार, मधेश प्रदेश सभामुख रामचन्द्र मण्डल, बाग्मती प्रदेश सभामुख भुवन कुमार पाठक र उपसभामुख अपसरा चापागाईं, गण्डकी प्रदेश सभामुख कृष्ण प्रसाद धिताल र उपसभामुख विना कुमारी थापा, लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगर र उपसभामुख मेनुका खांड केसी, सुदुरपश्चिम प्रदेश सभामुख भिम बहादुर भण्डारी र उपसभामुख कोइली देवी चौधरी रहेका थिए ।

    उक्त भेलाले पारित गरेको घोषणा पत्र आज ऐतिहासिक पाल्पा दरबार संग्राहलयमा आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका सभामुखले सार्बजनिक गर्नु भएको थियो ।

    436642077_957410986127348_4307336669023596451_n.jpg436765079_734326802207389_3179567373782127813_n.jpg

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend