इलाम । इलाममा क्षेत्र नम्बर २ मा शान्तिपूर्ण रुपमा मतदान जारी छ । बिहान सात बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म ४३ प्रतिशत मात्रै मत खसेको छ ।
निर्वाचन अधिकृतका अनुसार बिहानको तुलनामा अहिले मतदान केन्द्रहरुमा भिडभाड बढेको छ । अहिलेसम्म ४३ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको बताइएको छ ।
इलाम क्षेत्र नम्बर २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेका छन् । जहाँ ७९ वटा मतदान स्थल र एक सय ४९ वटा मतदान केन्द्रबाट मतदान भइरहेको छ । इलाममा साँझ ५ बजेसम्ममा मतदान केन्द्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउनेछन् ।