Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इलाम–२ : सुहाङलाई बिहान ११ बजे निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिने


१८, वैशाख २०८१
  • 97
    SHARES
  • इलाम–२ : सुहाङलाई बिहान ११ बजे निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिने

    इलाम - पाँच हजार ८३० मतान्तरसहित इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएका छन् । मंगलबार बिहान आएको मतपरिणामअनुसार नेम्वाङले कांग्रेस उमेदवार डम्बर खड्कालाई पराजित गर्दै जित हासिल गरेका हुन् ।

    विजयी उमेदवार सुहाङले २७ हजार ७७२ मत प्राप्त गरे । निकटतम बनेका कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

    यस्तै तेस्रो स्थानमा पहिचान पक्षधर रह्यो । उमेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरे । चौथो बनेका रास्वपा उमेदवार मिलन लिम्बुले पाँच हजार ५० मत प्राप्त गरे ।

    यहाँ ६९ हजार ३७४ मत खसेको थियो । जसमध्ये ९०२ मत बदर भयो । बाँकी रहेको ६८ हजार ४७२ मत गणना भएको आयोगले जानकारी दिएको छ ।

    यता, आज बिहान ११ बजे मतगणनास्थल गौतमबुद्ध सम्मेलन केन्द्र सिटी हलमा नवनिर्वाचित सांसद नेम्वाङलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend