Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

२२ करोडको बधशाला सञ्चालनका लागि टेण्डर आह्वान


५, असार २०८०
  • 179
    SHARES
  • २२ करोडको बधशाला सञ्चालनका लागि टेण्डर आह्वान

    बुटवल । बुटवलको पशु वधशाला सञ्चालनका लागि टेण्डर आह्वान भएको छ। बुटवल–१० रामनगरमा निर्माण भएको बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले आइतबार टेण्डर आह्वान गरिएको हो।

    रामनगरमा २ बिघा ३ कट्ठा क्षेत्रफलमा बनेको वधशाला सञ्चालनका लागि तीन वर्ष अघि सम्झौता भएपनि विधि र प्रक्रिया पूरा नभएपछि उपमहानगरपालिकाले पुनः टेण्डर आह्वान गरिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताएका छन्।

    गत आइतबार ३० दिनको समय राखेर टेण्डर आह्वान गरिएको र सबै प्रक्रिया पूरा भइ आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने बुटवल उपमहानगरकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए। बुटवललाई स्वस्थ मासु उत्पादन र बिक्री गर्ने शहरका रुपमा स्थापित गर्न पशु बधशाला सञ्चालन गरिने र यसले बुटवलबाहिरका शहरमा समेत मासु बिक्री गर्न सक्ने बुटवल उपमहानगरपालिकाले जनाएको छ।

    बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित समेत गरिसकेको छ। जसअनुसार पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत पत्र लिनुपर्ने जस्ता व्यवस्था गरिएको छ।

    झन्डै २२ करोड लगानीमा निर्माण भएको बधशाला क्षेत्रमा बाख्राको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, वधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ। बधशालामा दैनिक एक हजार खसीबोका बध गर्नसक्ने क्षमता रहेको बताईएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend