Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लमही नगरको नीतिः निजामति–जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा


१०, असार २०८०
  • 120
    SHARES
  • लमही नगरको नीतिः निजामति–जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा

    दाङ । लमही नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। १३ औं नगरसभामा नगर प्रमुख जोगराज चौधरीले आर्थिक बर्ष २०८०/०८१ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे। नगर समृद्धिको आधार गुणस्तरीय प्राविधिक शिक्षाको विस्तार भन्ने मूल नारा सहित शैक्षिक क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखिएको छ। सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न पहल लिनेगरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।   

    खस्कदै गरेको शैक्षिक गुणस्तरलाई उकास्नेगरी सामुदायिक विद्यालयले प्रदान गरेका सेवालाई प्राथमिकतामा राखिएको छ। लोपन्मुख, अल्पसंख्यक, जेहेन्दार र अति विपन्न वर्गका सामुदायिक विद्यालमा अध्ययनरत बालबालिकाहरुको लागी स्नातक सम्म शिक्षालाई क्रमस निःशुल्क पठनपाठनको व्यवस्थाप मिलाइने, गरिब तथा जेहेन्दार विद्यार्थीको लागि एमविविएस अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने, जीवन पर्यन्त शिक्षालाई निरन्तरता दिन सामुदायिक सिकाई केन्दहरुलाई प्रविधिमैत्री साक्षरता अभियान सञ्चालन गर्ने नीतिमा उल्लेख छ।

    कम विद्यार्थी भएका विद्यालयलाई पायक पर्ने विद्यालयमा एकिकरण मर्ज गर्ने, विद्यार्थी संख्याको अनुपातमा शिक्षकहरुको दरबन्दी मिलान गर्ने, स्थानीय कला संस्कृती र संस्कारको संरक्षण तथा सम्बद्र्धन गर्ने, नगरपालिका भित्र बोलिने विभिन्न जातजातीका मातृ भाषाहरूको संरक्षण गर्दै भाषागत लिपी तथा व्याकरण लेखन र प्रकाशनमा जोड दिइने उल्लेख छ। श्रमीकहरूको पेशागत सुरक्षालाई मध्यनजर गर्दै ठेकेदाररकम्पनीहरूले जीवन विमा तथा दुर्घटना विमाको सुनिश्चितता गर्नुपर्ने कानुनी प्रावधानलाई कडाइसाथ लागु गरिने, नगरवासीहरूलाई स्थानीय स्तरको श्रम प्रती आकर्षित गर्ने नीति लिइएको छ।

    स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने गरि कृषकलाई प्रोत्साहन गर्ने, साथै बाहिरबाट आयात हुने कृषि उपजको बिक्री वितरणमा निरुत्साहित गर्ने, कृषि उपज संकलन, थोक तथा खुद्रा बिक्री वितरण केन्द्र स्थापना र संचालन गरि कृषकको मूल्य निर्धारणमा एकरुपता ल्याईने उल्लेख छ।

    औद्योगिक ग्रामको पूर्वाधार निर्माण तथा संचालन गर्ने ब्यवस्था मिलाइने, सबै प्रकारका उद्योग स्थापना र संचालन गर्न निजी क्षेत्रको लागि लागानीमैत्री वातावरण सिर्जना गरिने, निजी क्षेत्र अर्थतन्त्रको विकासका मुख्य साझेदार रहेको यथार्थतालाई मनन गर्दै स्थानीय सरकार र निजी क्षेत्रको बलियो साझेदारीबाट उत्पादन तथा उत्पादकत्व अभिबृद्धि र रोजगारी सिर्जना मार्फत आर्थिक सवलिकरणमा जोड दिइने, कृषि खेतीलाई आधुनिक प्रविधिमा जोड्न आधुनिक कृषि मेशिनरी तथा प्लाष्टिक घर निर्माण प्रविधि प्रदान गर्ने व्यवस्था मिलाईने, कृषि कार्यलाई प्रोत्साहन दिन प्रति वडा एक नमुना कृषि फर्म स्थापना तथा प्रत्येक वडाहरुमा कृषि प्राविधिक जनशक्तिको व्यवस्थाको लागि पहल गरिने उल्लेख छ। 

    गुणस्तरीय पशु आहाराको उपलब्धता बढाउन डालेघाँस, भुईँघाँस उत्पादन बीउ बृद्धि, औषधी र घाँस समिश्रण मिनरल आदि उत्पादन र प्रयोगका साथै कृषिजन्य पदार्थको सदुपयोगलाई प्रोत्साहन गर्न‘एक वडा एक पशुपालन स्रोत केन्द्र’ स्थापनाको लागि पहल गरिने, पशुपंछी पालन गरिरहेका किसानहरुलाई कृषि उत्पादन र उत्पादकत्व वृद्धि हुनेगरि पशुपालनमा आत्मनिर्भर बनाउने हेतुले विपन्न किसान संग पशुपंछी कार्यक्रम सञ्चालनको लागि पहल गरिने उल्लेख छ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend