Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

धनगढीले ल्यायो झण्डै २ अर्बको बजेट


१०, असार २०८०
  • 112
    SHARES
  • धनगढीले ल्यायो झण्डै २ अर्बको बजेट

    धनगढी । सुदूरपश्चिम प्रदेशको हाल राजधानी समेत रहेको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको झण्डै २ अर्बको बजेट सार्वजनिक गरेको छ। आईतबार उपमहानगरपालिकाले एक अर्ब ९३ करोड ८ लाख २४ हजार दुई सय १८ रुपैयाँको बजेट सार्वजनिक गरेको हो। आगामी आर्थिक वर्ष २०८०/८१ का लागि उपमहानगरपालिकाले अनुमानित बजेट दशौं नगर सभाबाट सार्वजनिक गरेको हो।

    उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले चालु तर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ र पुँजीगततर्फ ७८ करोड ६५ लाख २७ हजार एक सय ५५ गरी कुल एक अर्ब ९३ करोड ८ लाख २४ हजार दुई सय १८ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी छन्।

    उपहानगरपालिकाले आन्तरिकतर्फ ३५ करोड ४३ लाख ३० हजार दुई सय १८, राजश्व बाँडफाँडतर्फ ४६ करोड ९७ लाख ९४ हजार, संघीय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ९२ करोड ५० लाख, प्रदेश सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ५ करोड ३२ लाख १२ हजार र दायित्व सरी आएको १२ करोड ५० लाख बजेटलाई आयतर्फ विनियोजन गरिएको छ।

    त्यस्तै क्षेत्रगत कार्यक्रम अन्र्तगत आर्थिक विकासतर्फ ९ करोड ६५ लाख ९३ हजार ८ सय १७, सामाजिक विकासतर्फ ८५ करोड ३६ लाख ५ हजार दुई सय २२, पूर्वाधार विकासतर्फ ३६ करोड ८३ लाख ७४ हजार एक सय ९४, सुशासनतर्फ ५ करोड ६५ लाख ५५ हजार ५९, कार्यालय सञ्चालनतर्फ ५५ करोड ५६ लाख ९५ हजार ९ सय २६ विनियोजन गरिएको छ।

    उपमहानगरले ल्याएको बजेट नगरसभाबाट आज नै पास गरिएको छ। नगरप्रमुख गोपाल हमालले उपमहानगरको  नीति तथा कार्यक्रम अनुसार बजेट ल्याईएको बताए। उनले नगरको आन्तरिक स्रोत बढाउने लक्ष्य लिईएको बताए।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend