Logo

Oct 02 2026 | २०८३, असोज १६गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु रोल्पा आउँदै


२९, जेठ २०८१
  • 280
    SHARES
  • नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु रोल्पा आउँदै

    रोल्पा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रोल्पाले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुको उपस्थितिमा रोल्पाको सदरमुकाम लिवाङमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिने नेपाली कांग्रेस रोल्पाले जनाएको छ ।

    नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय सुशिल कोइराला स्मृति भवन लिवाङमा यहि जेठ ३० गते बुधबारका दिन आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व परराष्ट्रमन्त्री एनपी साउद, केन्द्रीय सदस्य डिला संग्रौला पन्त, केन्द्रीय सदस्य अब्दुल सतार र केन्द्रीय सदस्य गोविन्द बहादुर साह लगायतका नेता रोल्पा आउन लागेका हुन ।

    भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई केन्द्रिय सदस्यहरुले सम्बोधन गर्ने बताइएको छ त्यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगरको  पनि उपस्थिति रहने बताइएको छ ।

    भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस रोल्पाको वर्तमान अवस्था,आन्तरिक सुद्धिढिकरण, लगायत समसामयिक विषयवस्तुमा छलफल रहने नेपाली कांग्रेस रोल्पाका सह-सचिव गञ्ज बहादुर क्षेत्रीले जानकारी दिएका छन ।

    जेठ ३० गते बिहान साढे ११ बजेदेखि सुरु हुने कार्यक्रममा उपस्थितिको लागि उनले नेपाली कांग्रेस रोल्पा जिल्लाका सम्पुर्ण पूर्व सभापति, वर्तमान जिल्ला कार्य समितिका पदाधिकारी, महाधिवेशन सदस्य तथा प्रतिनिधि ,पूर्व जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, पूर्व तथा वर्तमान क्षेत्रीय पदाधिकारी, पुर्व तथा वर्तमान पालिका पदाधिकारी, पुर्व तथा वर्तमान वडा पदाधिकारी, सम्पूर्ण भात्री संगठनका पदाधिकारीहरूलाई अनिवार्य उपस्थितिको लागि अनुरोध समेत गरेका छन ।

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend