Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कर्मचारीको विरोधको कारण प्रतिनिधिसभा बैठक स्थगित


५, असार २०८१
  • 112
    SHARES
  • कर्मचारीको विरोधको कारण प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौं । कर्मचारीको आन्दोलनका कारण संसद् बैठक स्थगित गरिएको छ । बुधबार सदनको दुईवटा बैठक बसेको थियो । दोस्रो बैठक सञ्चालनमा संसद्का कर्मचारीहरूको विरोध बाधक बनेको छ । 

    दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको थियो । जसमा संसद् सचिवालयका कर्मचारीले बेलुका ५ बजेसम्म मात्र काम गरेका थिए । 

    दोस्रो बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले उठेका प्रश्नहरूको जवाफ दिएका थिए । त्यसपश्चात् सांसदहरूले पूरक प्रश्न गरेपछि सदन बैठक अघि बढ्न सकेन ।  

    पूरक प्रश्न सकिएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ब्लाक आउट गरेर सदन नचलाउँ भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए । 

    “कर्मचारीको विरोधका कारणले सदस्यहरूले बोलेको अभिव्यक्तिको प्रसारण बन्द भएको छ । प्रसारण बन्द गरेर सदन चलाउने कि नचलाउने सभामुख महोदय,” उनले भने, “भोलि पनि सदन चलाउन सक्छौँ, मन्त्रीको जवाफ लिन सक्छौँ । ब्लाक आउट गरेर सदन नचलाउँ सभामुख महोदय ।” 

    त्यसपश्चात् सभामुख देवराज घिमिरेले स्वास्थ्य मन्त्रीको पूरक जवाफ नसुनी सदन बैठक बिहीबार (भोलि) बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् । साथै कार्यसूचीमा रहेका बाँकी मन्त्रालयले दिने जवाफ विशेष कारणले सूचीबाट हटाइएको जानकारी उनले गराए । 

    बैठकमा वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्रीहरूको जवाफ सुन्ने कार्यसूची रहेको थियो । 

    सदनका कर्मचारीहरू सेवा सुविधालाई लिएर विगत केही दिनदेखि निरन्तर आन्दोलनमा छन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend