Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बजेट नेतामुखी, मन्त्री महासेठको मात्रै करिब ३० अर्बको योजना


७, असार २०८१
  • 135
    SHARES
  • बजेट नेतामुखी, मन्त्री महासेठको मात्रै करिब ३० अर्बको योजना

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबैभन्दा बढी योजना स्थानीय पुलमा राखेको छ । मन्त्रालयले ५ लाखदेखि १ करोड ६० लाखसम्मका ६५५ वटा स्थानीय पुलमा बजेट विनियोजन गरेको हो ।

    बजेटअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले संघीय सरकारले ३ करोडभन्दा कमको बजेट विनियोजन नगर्ने निर्णय गरेको थियो । तर त्यसको ठीक विपरीत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्थानीय सडकमा पुलको नाममै ६५५ वटा योजना राखेको छ ।

    अधिकांश पुलको लागि ५ लाख रुपैयाँ छुट्याएको छ । यसले पुलको जग निर्माण गर्नसमेत पुग्दैन । राष्ट्रिय राजमार्ग मात्रै हेर्ने जिम्मा रहेको सरकारले गाउँपालिका र नगरपालिकाले निर्माण गर्ने सडक तथा पुलसम्बन्धी योजनामा बजेट छुट्याएका कारण अहिले सबैतिरबाट आलोचना भइरहेको छ ।

    संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबै स्थानीय पुल (राजमार्गका पुलबाहेक)लाई कुल ३ अर्ब ५५ करोड रुपैयाँ छुट्याएको छ। साना पुलका योजना सबैभन्दा बढी मन्त्री महासेठको धनुषाका साथै गोरखा, चितवन र झापाका रहेका छन्।

    मन्त्री महासेठले बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिन नै अर्थ मन्त्रालयमा पुगेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि करिब ३० अर्ब रुपैयाँ बजेट थप गरेका थिए । उनले केही बजेट चालू आयोजनामा लगाएका छन् भने आफ्ना क्षेत्रमा टुक्रे योजना घुसाएका छन् ।

    मन्त्री महासेठले आफ्नो गृह जिल्ला धनुषामा मात्रै ४४ वटा पुलका योजनामा बजेट राखेका छन् । धनुषामा मात्रै २८ करोड ७३ लाख रुपैयाँ स्थानीय सडक पूर्वाधार निर्माण गर्न बजेट छुट्याएका छन् । धनुषाका पुलको बजेट बढी भए पनि अरू जिल्लामा अधिकांश पुलको बजेट ५ लाख रुपैयाँ छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend